प्लटिङको पर्खालले किच्दा दुई विद्यार्थीको मृत्यु
काठमाडौँ: ललितपुर स्थित पुष्पाञ्जली माध्यामिक विद्यालयको गारो भत्किएर दुई विद्यार्थीको मृत्यु भएको छ । लागातारको वर्षापछि स्थानीय एक व्यक्तिले जग्गा प्लटिङका क्रममा लागएको पर्खाल भत्किएपछि विद्यालयको गारो थिचेको थियो । पर्खालले किचेर २२ बढी विद्यार्थी घाइते भएका छन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषीराम शर्माका अनुसार मृत्यु हुनेमा कक्षा तीनमा पढ्ने ९ वर्षीया कृपा राई र १० वर्षीया अन्जना पुनमगर छन् ।
पार्खाल भत्किएपछि कक्षा तीन र आठको कोठाको पर्खाल थिचेको थियो । ‘जग्गा प्लानिङका लागि लगाइएको पर्खाल भन्दा स्कुल तल्लो भागमा रहेछ, वर्षाले पर्खाल लडेपछि विद्यालयको गारोलाई थिचेको हो, दुई विद्यार्थीको अस्पताल लैजाने क्रममा मृत्यु भयो’, प्रमुख जिल्ला अधिकारी शर्माले अन्नपूर्णसँंग भने ।
शर्माका अनुसार घाइतेको ग्वार्को स्थित बिएण्डबी अस्पताल, पाटन अस्पताल र सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनले जग्गा प्लानिङ गर्ने साहुलाई खोजेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।