'मनले स्वीकारेपछि शरीरले स्वीकार्छ'

'मनले स्वीकारेपछि शरीरले स्वीकार्छ'

मेनुका राई, गायिका
विवाह भएको १७ वर्ष भइसक्यो । दुई वर्षको प्रेमसम्बन्धपछि पर्शुराम तामाङसँग मैले विवाह गरेकी हुँ । अन्तरजातीय भएकाले हामीले परिवारको सहमतिबिना नै विवाह गर्यौं । विवाह गरेपछिको केही दिन उहाँको सानिमाको छोरीकहाँ गएर बस्यौं ।

विवाहको हल्लाखल्ला शान्त भइसकेपछि मात्रै काठमाडौंस्थित उहाँको डेरामा बस्न थाल्यौं । त्यति बेला हनिमुन मनाउन कतै जाने चलन त्यति थिएन । त्यसमाथि हामीलाई सुरुसुरुमा बाहिर हिँड्दा कसैले देख्छ कि भन्ने डर बढी थियो ।

मैले आफूले मन पराएको प्रेमीलाई जीवनसाथीका रूपमा पाएँ । हामी दुवैले एकअर्कालाई राम्रोसँग बुझेका थियौं । प्रेमी र श्रीमान्मा जिम्मेवारीको हिसाबले फरक हुन्छ । मेरो पनि जिम्मेवारी थपिएको थियो । यस्तो कुरा स्वाभाविक भएकाले दुवैले यसलाई सहज रूपमा संयोजन गर्ने प्रयास गरेका थियौं ।

दुवै पक्षबाट एकअर्कालाई बुझ्ने प्रयास भयो भने प्रेमविवाह सबभन्दा उत्तम हुन्छ । वास्तवमा श्रीमान्का रूपमा उहाँको भूमिकाले मेरो जीवनलाई गति प्रदान गरेको छ । अन्तरजातीय विवाह भए पनि घरमा उहाँको महत्वपूर्ण भूमिकाकै कारण मैले सधैं माया र सम्मान पाएँ । परिवारमा घुलमिल हुन समस्या भएन ।

पहिले एकछिन भेट हुने प्रेमी विवाहपछि जीवनभर सँगै हुन्छ । एकछिन भेट्नु र जीवनभर सँगै हुनुमा धेरै अन्तर हुन्छ । मनले स्वीकार गरेको मान्छेलाई मात्रै शरीरले पनि स्वीकार गर्छ ।

शारीरिक सम्बन्धले एकअर्काको माया, विश्वास र आत्मीयतालाई झनै बलियो बनाउँछ । नयाँ जोडीलाई एकअर्कालाई चिन्न, विश्वास बढाउन हनिमुन एकदमै जरुरी छ । तर, हामीले पहिले नै बुझिसकेका थियौं । मागी विवाह गर्नेका लागि यो समयको महत्व अझ हुन्छ ।

अहिले त मागी विवाह पनि राम्रोसँग बुझेर, कुरा गरेरमात्र हुने चलन आएको छ । यो राम्रो कुरा हो । तापनि दुवैजनाले राम्रोसँग एकअर्कालाई चिन्न केही समय रमाइलो ठाउँमा जानु राम्रो हुन्छ । पहिले विवाह हुनासाथ हनिमुन जान नपाए पनि अहिले कतै जाऊँ भनेर उहाँले सोचेको धेरै भयो । तर बच्चाको पढाइ, घरको काम, गायन करिअरले गर्दा फुर्सद मिल्दैन । जाने समय जुरेकै छैन ।

मेनुकाको संगीतयात्रा
गायन क्षेत्रमा आफ्नै पहिचान बनाएकी छन् गायिका मेनुका राईले । ‘माया आहारिसे' र ‘१, २, ३' गरी दुई वटा एल्बम बजारमा ल्याइसकेकी उनले हालसम्म लगभग दुई सय गीतमा स्वर दिइसकेकी छन् । उनले गाएका माया आहारिसे, एक दुई तीन, मेरो जिन्दगीमा, विदेशको छाउनीलगायतका गीतलाई श्रोताले निकै रुचाएका छन् । जन्मथलो खोटाङबाट राजधानी आई २०५६ सालमा रेडियो नेपालमा ‘मौरी घुम्छ फूलको बोटैमा' बोलको गीत रेकर्ड गराई उनले सांगीतिक यात्रा आरम्भ गरेकी हुन् । गायिका मेनुका राई अहिले नयाँ एल्बमको तयारीमा जुटेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.