बाढीका कारण मालढुंगा-बेनी सडक अवरुद्ध

बाढीका कारण मालढुंगा-बेनी सडक अवरुद्ध

कुश्माः अबिरल बर्षाका कारण पर्वतको मालढुङ्गादेखि म्याग्दी र मुस्ताङ जोड्ने एकमात्र सडक मालढुंगा-बेनी सडक अवरुद्ध बनेको छ ।

सडक खण्डमा पर्ने पर्वतको नाङलीवाङ गाविस-२ खनियाघाटको ज्यामिरे खोलामा आएको बाढीका कारण सडक दिउँसोदेखि अबरुद्ध बनेको हो ।

खोलाले ठुलो मात्रामा माटो र ढुंगा सडकमा थुपारेका कारण सडक अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधान र अन्य क्षेत्रबाट ति जिल्लामा भित्रिने  सवारीसाधान अलपत्र बनेका छन् ।

अत्याधिक ठूलो वर्षा परेकाले तत्काल सडक खुलाउन समस्या परेको छ । वर्षाका कारण यात्रुहरु समेत अलपत्र परेका छन् ।

सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी घटनास्थलतर्फ पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.