मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

काठमाडौं: बिहानैदेखि पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अविरल वर्षा र पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड आज अपरान्ह साढे ४ बजेबाट एकतर्फीरुपमा सुचारु भएको हो ।

गएरातिदेखि निरन्तर भएको वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न चार स्थानमा ठूला पहिरो खसेपछि सवारीसाधनको आवतजावत ठप्प भएको थियो ।

सडक खण्डको चार किलो, पाँच किलो, जलवीरे र भालुढुङ्गामा माथिबाट खसेको ठूलो पहिरोलाई पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक एकर्तफी खुलेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.