रसुवागढीमा पहिरोले राजस्व संकलन प्रभावित

 रसुवागढीमा पहिरोले राजस्व संकलन प्रभावित

विदुर: नेपाल-चीनको सीमा नाका रसुवागढीमा पहिरोका कारण राजस्व संकलन प्रभावित भएको छ। स्याफ्रुबेसी-रसुवागढी सडक पहिरोका कारण पटकपटक अवरुद्ध हुँदा रसुवागढीबाट आवतजावत गर्ने यातायात साधनमा कमी आउँदा राजस्व संकलन घटेको हो।

नेपाल र चीनबीच लागि हाल रसुवागढी नाकामात्रै सञ्चालित छ। तातोपानी नाका बन्द भएका कारण रसुवागढी नाकामा आयात निर्यात बढिरहेको अवस्थामा वर्षाले पहिरो जाँदा राजस्व संकलन प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

पहिरोका कारण तीन दिनअगाडि पार्किङ गरेर राखिएका २५ वटा कन्टेनरमा क्षति पुगेको थियो। सामान लिन पुगेका कन्टेनरमा क्षति पुगेपछि व्यवसायीसमेत त्रसित छन्। पहिरो पन्छाउन ठूला डोजर मगाइएको भन्सार कार्यालयका प्रमुख केदार पनेरूले बताए।

स्याफ्रुबेसी-रसुवागढी मार्गको पहिरोग्रस्त क्षेत्रमा पहिरो नियन्त्रणका स्थायी उपाय गरिनुका साथै स्काभेटर निरन्तर राखिनुपर्ने व्यवसायी बताउँछन्।यो सडक स्तरोन्नतिका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङले बताए।

रसुवागढी भन्सार कार्यालयले गत कात्तिकदेखि हालसम्म एक अर्ब ८१ करोड ७७ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यातायात सहज भएका बेला रसुवागढी भन्सार कार्यालयले एकै दिन १० लाखदेखि एक करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.