संविधान कार्यान्वयन नै गिरिजाप्रसादको सम्मानः सिंह

 संविधान कार्यान्वयन नै गिरिजाप्रसादको सम्मानः सिंह

काठमाडौँ:  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन भएमात्र स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन्।

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा शनिबार कांग्रेस काठमाडौँ १० ले गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन स्वर्गीय कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे ।


उनले भने, ‘संविधानको पूर्ण कार्यान्वयन भएमात्र कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ यसका लागि दलहरु इमान्दार भएर लाग्नुपर्छ ।’ उनले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनका लागि कांग्रेसले नै अग्रसरता लिनुपर्ने धारणा राखे ।

नेता सिंहले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनको पक्षमा रहेको बताउँदै आवश्यक कानुन बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरे ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० का सांसद राजन केसीले मुलुकको सबै परिवर्तन कांग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयन पनि कांग्रेसले गर्ने स्पष्ट पारे ।

कांग्रेस काठमाडौँका सभापति सवुज बानियाँले सरकार आन्दोलनरत पक्षलाई मिलाउन लाग्नुभन्दा भाषणबाजी मा लागिरहेको आरोप लगाए  । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.