पर्दामा बीपीको तीन घुम्ती
काठमाडौं: साहित्यकार बीपी कोइरालाद्वारा लिखित ‘तीन घुम्ती' उपन्यासमा आधारित चलचित्र ‘तीन घुम्ती' शुक्रबारबाट प्रदर्शनमा आएको छ ।
मनोसामाजिक विषयमा चर्चित उपन्यासमा आधारित भएकाले पनि चलचित्रलाई दर्शकले विशेष चासोका रूपमा लिएका छन् । प्रदर्शनको पहिलो दिन चलचित्रको विशेष सो गरियो ।
राजधानीस्थित बिग मुभिजमा आयोजित विशेष सोमा चलचित्र हेर्न राजेश हमाल, दीपकराज गिरि, केकी अधिकारी, ऋचा शर्मा, दीपा श्री निरौलालगायत पुगेका थिए ।
‘हामीले बीपीको उपन्यासलाई चलचित्र बनाएका छौँ, यसले मनोरञ्जनसँगै एउटा मनोसामाजिक विषय उद्घाटन गरेको छ', माउन्टेन रिभर फिल्मस्का चन्द्र के. झाले बताए ।
विशेष सोमा बीपी ट्रस्ट भाइस प्रेसिडेन्ट हर्ष कोइरालासमेत उपस्थित थिए । चलचित्रमा गरिमा पन्त, सुशान्त कार्की र धु्रव दत्तको मुख्य भूमिकामा छ ।