दलमर्दन कामी बचाऔँ अभियान

दलमर्दन कामी बचाऔँ अभियान

काठमाडौँ: ‘दलमर्दन कामी बचाऔँ' अभियानको तेस्रो दिन ८३ हजार रुपैयाँ नगद सहयोग प्राप्त भएको छ । प्राप्त सहयोगलाई कुमारी बैंकको खाता नम्बर केबीटी-५७४८-केपीटीमा जम्मा गरिएको संयोजक देव लिम्बूले जानकारी दिए ।

अभियानमा देश विदेशका विभिन्न ठाउँबाट प्राप्त भइरहेको लिम्बूले जानकारी दिएका छन् । सहयोग गर्ने प्रतिबद्धता आइरहे पनि सम्पूर्ण रकम भने प्राप्त भइसकेको छैन ।

अभियानमा सहयोग गर्नेमा मुनिन्द्र बस्नेत ७ हजार, मेम चाम्लिङ ५ हजार, विकास घिमिरे १५ हजार, मदन राई १० हजार, इसुजंग कार्की २५ हजार, दीपक सिलवाल ५ हजार, पर्शुराम गिरी ५ हजार, श्याम क्षेत्री ५ हजार, विसन राई ५ हजार, इवन राई १ हजार रहेका छन् ।

यस अघि ‘दलमर्दन कामी बचाऔँ' अभियान चलाउँदै पत्रकार र स्थानीय नागरिकले उनको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन याचना गरेका थिए । चिकित्सकको भनाइ अनुसार कामीको मुटुमा प्वाल परेको छ र, तुरुन्तै उक्त प्वाललाई नटाल्ने हो भने अझै बढी गम्भीर समस्या देखिने बताइएको छ । कामीलाई गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा लगिएको संयोजक लिम्बूले जानकारी दिए ।

आर्थिक सहयोगका लागि कमलादेवी हेमचुरी (९८०२६५६७८९) काठमाडौँ, देउप्रसाद लिम्बू (९८५१०५८३९५) ललितपुर र नवराज विष्ट (९८४२०८३५२६) ललितपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । बैंक खाता मार्फत रकम जम्मा गरिदिने महानुभावलाई सुशीला विश्वकर्मा र देउप्रसाद लिम्बूको नाममा रहेको खाता नम्बर केबीटी-५७४८-केपीटीमा जम्मा गरिदिन अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.