प्रहरीको बन्दुक खोस्ने नेताहरुमाथि सार्वजनिक मुद्दा

प्रहरीको बन्दुक खोस्ने नेताहरुमाथि सार्वजनिक मुद्दा

जनकपुरधामः शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीहरुमाथि हुलहुज्जत गरी उनीहरुको पोशाकसमेत च्यातेर बन्दुक खोस्ने प्रयास गरेका प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाइएको छ ।

जनकपुर उपमहानगरपालिका–१४ रजौलस्थित श्री जनता माध्यमिक विद्यालयमा भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालयबाट छुट्याइएको ३२ लाख रुपैयाँलाई बाँडफाँट गरी आफूखुसी खर्च गर्न खोज्दा दलका नेताहरुबीच उत्पन्न विवादमा प्रहरीले हस्तक्षेप गर्दा प्रहरीमाथि नै आक्रमण भएको थियो ।

विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष नेपाली कांग्रेसका जिल्ला नेता रामवरण पासवानले समाजको सहमतिबिनै फर्जी रुपमा निर्माण समिति गठन गरी भवन निर्माण बापत आएको रकम खर्च गर्न खोजेपछि नेकपा माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम नेपालसहितका दलका नेताहरुले हस्तक्षेप गरेपछि विवाद उत्पन्न भएको नेकपा माओवादीका धनुषा जिल्ला संयोजक झल्कु यादवले बताए ।

सोही क्रममा शनिबार राति पासवानको घरमा फोरम नेपालका रामसुखी यादवबीच बादविवाद र झैझगडा भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय मुजेलियाबाट तत्काल प्रहरी सहायक निरीक्षक शुभनारायण साहसहितको टोली पुगी विवाद मिलाउने प्रयास गरेको थियो ।

तर, प्रहरीको कुरा सुन्नुको साटो नेताहरुले प्रहरी टोलीलाई नै धकेल्दै हातपात गरेपछि रामसुखी यादवलाई पक्राउ गरिएको थियो ।

यादव पक्राउ परेपछि अवस्था सामान्य भइसकेको बेला नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डलसहित एक दर्जन युवाहरुका समुहले रामवरण पासवानकै घर छेउमा प्रहरीमाथि हातपात गर्ने अन्य व्यक्तिलाई खोजी गरिरहेका प्रहरी हवल्दार धमेन्द्र साह र प्रहरी जवान फूलमान गोलेलाई एक्कासी रामसुखीलाई पक्राउ गर्ने भन्दै घाँटीमा समाएका थिए ।

प्रहरीको पोशाक समेत च्यातेर दुव्र्यवहार गर्दै नेता मण्डलले प्रहरी जवान फूलमान गोलेलाई आफ्नो घर तर्फ डोर्याउँदै बन्दुक समेत खोस्ने प्रयास गरेको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जनाए ।

 

प्रहरीमाथि हातपात भएको थाहा पाएपछि थप प्रहरी टोली घटनास्थलमा पुगेर मण्डलसहित १२ जना राजनीतिक दलका नेताहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा रामसुखी यादव, रामचन्द्र मण्डल, रामवरण पासवान, विष्णु चौधरी, बजरंगी पासवान, श्रीराम साह, धिरेन्द्र ठाकुर, रामसोभित यादव, गोपाल चोहान, विवेक यादव, उदय यादव र अरबिन्द मण्डल रहेका छन् ।

प्रारम्भीक अनुसन्धानमा बजरंगी पासवान, श्रीराम साह, धिरेन्द्र ठाकुर र अरबिन्द मण्डलको घटनामा संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको छ । अन्य सबैमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी पोखरेलले जानकारी गराएका छन् ।

नेताहरु पक्राउ परेपछि सम्बन्धित राजनीतिक दलहरुले पिडारी चोकमा टायर बालेर राजमार्ग अवरुद्ध गरेका थिए । उनीहरुले प्रहरीले आफुहरुमाथि ज्यादती गरेको भन्दै प्रहरी उपरीक्षकको विरोधमा नाराबाजी समेत गरेका थिए ।

नेताहरुको यस्तो क्रियाकलापको कारण राजमार्ग क्षेत्र करिब तीन घण्टा अवरुद्ध हँुंदा त्रैमासिक परिक्षा सञ्चालन रहेको विद्यालयका विद्यार्थीहरुलाई अत्याधिक समस्या भएको थियो ।

आफ्नो पार्टीका नेताहरुलाई नछाडिए कडा आन्दोलन गर्ने चेतावनी समेत राजनीतिक दलबाट प्रहरीलाई दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.