दुई लाख घरधनीसँग दुई लाख अनुदान सम्झौता

दुई लाख घरधनीसँग दुई लाख अनुदान सम्झौता

काठमाडौँ: भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा दुई लाख रुपैयाँ अनुदान प्राप्त गर्न दुई लाख घरधनीले सम्झौता गरेका छन् ।

आफूलाई अनुदान पाउन योग्य लाभग्राहीको सूचीमा सूचीकृत नै नगरिएको भन्दै गुनासो दर्ता गराउने घरधनीको संख्या पनि झण्डै एक लाख पुगेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार आइतबारसम्म दुई लाख आठ हजार एक सय ७९ घरधनीले दुई लाख रुपैयाँ प्राप्त गर्न अनुदान सम्झौता गरेका छन्।

प्राधिकरणको तथ्याङक अनुसार पाँच लाख ३३ हजार ५८ घरधनी अनुदान पाउन योग्य लाभग्राहीको सूचीमा समेटिएका थिए । सम्झौता गरेका लाभग्राहीले अब दुई लाख रुपैयाँ अनुदान बैंक मार्फत चरणबद्ध रुपमा प्राप्त गर्नेछन् ।
 
प्राधिकरणका अनुसार सोमबारसम्म २२ हजार पाँच सय ४६ घरधनीको बैक खातामा पहिलो किस्ताको ५० हजार रुपैया जम्मा भएको छ भने आफूलाई लाभग्राहीको सूचीमा सूचीकृत नगरिएको भन्दै गुनासो दर्ता गराउनेको संख्या ९१ हजार ९३ पुगेको छ ।

गोरखामा ४३ हजार पाँच सय ४७ घरधनीसँग अनुदान सम्झौता भएको छ । ती मध्ये नौ हजार पाँच सय ४० जनाले पहिलो किस्ताको ५० हजार रुपैया बैंक मार्फत प्राप्त गरेका छन् ।

गोरखामा ५८ हजार पाँच सय तीन घरधनीलाई लाभग्राही पहिचान गरिएको छ । आफूलाई लाभग्राही पहिचान नगरिएको भन्दै गोरखामा १४ हजार नौ सय ६२ घरधनीले गुनासो दर्ता गराएका छन् । ०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर गएको विनाशकारी भूकम्पले नेपालभरी करिब नौ हजारको ज्यान लिएको थियो भने करिब आठ लाख घर भत्काएको थियो ।

भूकम्पले सबै भन्दा धेरै भौतिक र मानवीय क्षति भएको सिन्धुपाल्चोकमा सोमबारसम्म ३४ हजार तीन सय ६२ घरधनीसँग अनुदान सम्झौता भएको छ भने आठ सय ४५ घरधनीले पहिलो किस्ता वापत पाउने ५० हजार रुपैयाँ बैैक खातामा प्राप्त गरेका छन् । सिन्धुपाल्चोकमा ७८ हजार पाँच सय ३७ घरधनी लाभग्राही पहिचान भएका थिए । सिन्धुपाल्चोकमा ६ हजार आठ सय ६४ जना घरधनीले आफूलाई लाभग्राहीको सूचीमा नपारिएको भन्दै गुनासो दर्ता गराएका छन् ।

रामेछापमा ४० हजार चार सय ५१ घरधनीसँग अनुदान सम्झौता भएको छ भने एक हजार एक सय चार जनाको बैक खातामा पहिलो किस्ताको ५० हजार रुपैया जम्मा भएको छ । रामेछापमा ४३ हजार ६ सय नौ जना लाभग्राहीको सूचीमा सूचीकृत भएका छन् । रामेछापमा १२ हजार सात सय ७५ घरधनीले आफूलाई अनुदान पाउने लाभग्राहीको सूचीमा सूचीकृत नगरिएको भन्दै गुनासो दर्ता गराएका छन् ।

यसैगरी, दोलखामा २१ हजार एक सय ४१ घरधनीसँग अनुदान सम्झौता भएको छ भने आठ हजार आठ सय १४ घरधनीको बैैक खातामा पहिलो किस्ताको ५० हजार रुपैया जम्मा भएको छ । दोलखामा ५१ हजार सात सय ६२ घरधनी लाभग्राहीको सूचीमा परेका छन् भने १६ हजार एक सय ५१ घरधनीले आफूलाई लाभग्राहीको सूचीमा सूचीकृत नगरीएको भन्दै गुनासो दर्ता गराएका छन् ।

धादिङमा १७ हजार सात सय दुइ घरधनीसँग अनुदान सम्झौता भएको छ भने एक हजार ९७ जना घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैया जम्मा भएको छ । धादिङमा ७० हजार पाँच सय ८१ घरधनी लाभग्राहीको सूचीमा परेका छन भने आफूलाई लाभग्राहीको सूचीमा नराखिएको भन्दै चार हजार ६ सय ५२ घरधनीले गुनासो दर्ता गराएका छन् ।

यसैगरी, नुवाकोटमा १७ हजार सात सय दुई घरधनीसँग अनुदान सम्झौता भएको छ । लाभग्राहीको सूचीमा परेका ६५ हजार सात सय ७३ बाहेक आठ हजार नौ सय ८६ घरधनीले आफूलाई लाभग्राहीको सूचीमा समेटन गुनासो दर्ता गराएका छन् ।

ओखलढुंगामा १७ हजार एक सय ३६ घरधनीसँग अनुदान सम्झौता भएको छ भने चार सय ४१ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैया जम्मा भएको छ । ओखलढुंगामा १९ हजार आठ सय १९ घरधनी लाभग्राहीको सूचीमा सूचीकृत भएका थिए भने आफूलाई लाभग्राहीको सूचीमा सूचीकृत नगरिएको भन्दै पाँच हजार चार सय ९३ घरधनीले गुनासो दर्ता गराएका छन् ।
 
यसैगरी काभ्रेपलाञ्चोकमा १२ हजार दुई सय ९७ घरधनीसँग अनुदान सम्झौता भएको छ । काभ्रेमा ६७ हजार सात सय ३१ घरधनी लाभग्राहीको सूचीमा सूचीकृत भएका थिए । काभ्रेमा चार हजार दुई सय ६१ घरधनीले आफूलाई लाभग्राहीको सूचीमा सूचीकृत नगरिएको भन्दै गुनासो दर्ता गराएका छन ।

रसुवामा दुई हजार ७७ घरधनीसँग अनुदान सम्झौता भएको छ भने सात सय पाँच घरधनीले पहिलो किस्ताको ५० हजार रुपैयाँ बैंक खातामा प्राप्त गरेका छन् । रसुवामा १२ हजार दुई सय ३६ घरधनी लाभग्राहीको सूचीमा सूचीकृत थियो भने आफूलाई लाभग्राहीको सूचीमा नराखिएको भनेर चार सय ४६ घरधनीले गुनासो दर्ता गराएका छन् ।

मकवानपुरमा एक हजार दुई सय २६ घरधनीसँग अनुदान सम्झौता भएको छ भने आफूलाई लाभग्राहीको सूचीमा सूचीकृत नगरिएको भन्दै गुनासो दर्ता गराउने तीन हजार पाच सय तीन घरधनी पुगेका छन् । मकवानपुरमा ३० हजार दुई सय ३८ घरधनी लाभग्राहीको सूचीमा सूचीकृत भएका थिए । सिन्धुलीमा एक हजार एक सय घरधनीसँग अनुदान सम्झौता भएको छ भने १३ हजार घरधनीले आफूलाई लाभग्राहीको सूचीमा नराखिएको भन्दै गुनासो दर्ता गराएका छन् । सिन्धुलीमा ३४ हजार दुई सय ६९ घरधनीलाई लाभग्राहीमा सूचीकृत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.