११ प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह

११ प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह

विराटनगरः पूर्वाञ्चल क्षेत्रबाट प्रहरी निरीक्षकमा बढुवा भएका ११ निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सोमबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले सबै निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

बढुवा भएका प्रहरी निरीक्षक नविन घिमिरे, हेमराज ओली, सुनिलकुमार श्रेष्ठ, राजेश सुवेदी, जयदेव माझी, मोहन थापा, मानप्रसाद श्रेष्ठ, शंकरप्रसाद चौधरी, सुवास खनाल, रामचन्द्र साह, होमराज दाहाललाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

पदोन्नती भएका प्रहरी अधिकृतलाई उनले पदोन्नतीसँगँंगै थप जिम्मेवारी बढेकाले अझ बढी व्यावसायिक बन्न निर्देशन दिए । घिमिरेले भने, ‘सफल नेतृत्वदायी भूमिका निर्वाह गरी बदलिँदो परिप्रेक्षमा आफूलाई पनि समयानुकुल परिवर्तन गर्दै शून्य सहनशीलताको नीतिलाई अक्षरस पालना गर्नुहोस् ।’

असार १२ गते नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा बढु्वा भएका देशभरका ६५ जना मध्ये पूर्व क्षेत्रका ११ जना छन् । यस्तै, घिमिरेले हवल्दारबाट बढुवा भएका प्रहरी सहायक निरीक्षक ढक नारायण श्रेष्ठलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.