संसदमा मन्त्रीले गमलामा रोपेको धानको चर्चा

संसदमा मन्त्रीले गमलामा रोपेको धानको चर्चा

काठमाडौँ: व्यवस्थापिका-संसद्को सोमबारको बैठकमा कांग्रेस सांसदले असार १५ मा कृषि मन्त्रीले गमलामा धानरोपेको प्रति व्यङग्य गरेका छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सांसद् अनिता यादवले गमलामा धान रोप्ने सरकारलाई किसानलाई मल चाहिन्छ भन्ने कुरा थाहा नभएको भन्दै व्यङग्य गरिन्। देवकोटाले भनिन्, ‘रातो कार्पेटमा प्लास्टिकको गमलामा धान रोप्ने सरकारलाई किसानलाई रासायनिक मल आवश्यक पर्छ भन्ने थाहा हुँदैन।'

देवकोटाले तत्काल किसानलाई मल उपलब्ध गराउन सरकारसँग जोडदार माग गरिन्। उनले तत्काल मलखादको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिएकी छन्।

देवकोटाले भनिन्, ‘किसानलाई पेन्सनका कुरा गर्ने सरकारले बर्षायाम बित्न लाग्दासमेत रासायनिक मल उपलब्ध गराउन सकेको छैन।'

बैठकमा बोल्ने अधिकांश सांसदले कृषकलाई रासायनिक मलखाद र भूकम्पपीडित जनतालाई आवास निर्माणको लागि तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजनामा निर्माणमा समेत देखिएको गुणस्तरहीन र लापर्बाहीलाई रोक्न सरकारसँग जोडदार माग गरे।

एमाले सांसद् देवराज भाटले सिक्टा आयोजना परीक्षण नहुँदै भत्किनु भनेको गुणस्तरको गम्भीर प्रश्न उठेको बताउँदै भौतिक पूर्वाधार निर्माणमा गुणस्तर कायम गराउन सरकार विशेष चनाखो हुनुपर्नेमा जोड दिए।

माओवादी केन्द्रका लालबहादुर कुँवरले भूकम्पले नेपाली नेताहरुलाई एकाकार बनाएर संविधान घोषणा गराउन सफल तुल्याएको घटनाको स्मरण गराउँदै संविधान कार्यान्वयनमा पनि दलहरुबीचको सहकार्यको आवश्यकता औँल्याए।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)की गीता क्षेत्री पछिल्लो समयमा बनेका आयोजनाको गुणस्तर कायम हुन नसकेको बताउँदै आयोजनालाई गुणस्तरीय बनाउन नैतिक प्रश्नका साथै योग्य प्राविधिक जनशक्ति र इमान्दार ठेकेदार आवश्यक भएको बताइन्।

भारतको मिचाहा प्रवृत्तिको विरोध आवश्यक

राष्ट्रिय जनमोर्चा नेपालका मीना पुनले भने भारतको मिचाह प्रवृत्तिको विरोध गर्नुपर्ने बताए।  नवलपरासीको सुस्ता क्षेत्रमा नदी नियन्त्रणका लागि योजना अघि बढाइरहेका बेला भारतीय सीमा सुरक्षा बलले पटकपटकले अवरोध खडा गरेकोमा पुनले आपत्ति जनाए।
उनले यस खाले भारतका मिचाह प्रवृतिको सबैले विरोध गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।


नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले कर्णाली राजमार्गअन्तर्गत जुम्ला खण्डको ठेक्का लिने ठेकेदार भागेकाले त्यसलाई पक्राउ गरी कारबाही गर्न तथा त्यसको विकल्प खोज्न सरकारलाई सुझाव दिए।

नेकपा (माले)का कमला विश्वकर्मा भूकम्पपीडितले वर्षाको समयमा ओत लाग्न नपाएर विचल्लीमा परेको तथा खुला आकासमा बस्नुपर्दा विभिन्न रोगको चपेटामा परेको हुँदा त्यस क्षेत्रमा आवश्यक औषधिको व्यवस्था मिलाउन माग गरिन्।

नेपाली कांग्रेसका अम्बरसिंह पुनले सरकारले विभिन्न आयोजनाको नाममा बजेट दुरुपयोग गरेर पार्टीका कार्यकर्तालाई पोस्ने काम गरेकाले त्यसको अन्त्य हुन आवश्यक भएको बताए।

एमालेका जमीन्द्रमान घलेले लम्जुङ जिल्लाका विभिन्न क्षेत्रमा बाढी, पहिरो र भूकम्पबाट क्षतिग्रस्त पुर्याएको हुँदा ती संरचनाको निर्माणमा विशेष ध्यान दिन माग गरे।

नेपाली जनता दलका हरिचरण साहले भूकम्पपीडितको आवास अहिलेसम्म बन्न नसक्नुले दुःखित तुल्याएको बताउँदै राजनीतिक सङ्क्रमणको यथाशीघ्र अन्त्यका लागि माग गरे।

माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठले सदनमा सांसदले बोलेको कुराको जवाफ सम्बन्धित मन्त्रीबाट हुन आवश्यक रहेको भन्दै सांसदले उठाएको कुरा अहिले बेवास्ता भइरहेको भनी गुनासो गरे।

कांग्रेसका दीपक खड्काले सङ्खुवासभामा टेलिफोन सेवा प्रभावकारी नभएकाले त्यहाँ तत्काल टेलिफोन टावरको व्यवस्था गर्न माग गर्दै पूर्व राष्ट्रपतिको आवासको व्यवस्था नगर्नु भनेको लोकतन्त्रकै उपहास भएको बताए।

राप्रपा नेपालका राजाराम स्याङ्ताङको मकवानपुरमा जिल्ला विकास समितिले दिएको स्वीकृतिका आधारमा रोडाढुङ्गा उद्योग सञ्चालन गर्दा उद्योगी पक्राउ पर्ने र थुनामा बस्नुपर्ने अवस्था अन्त्य हुन आवश्यक भएको बताए।

यसअघि शून्य समयमा भाग लिने सांसदहरुले भूकम्पपीडितलाई आवासका लागि तत्कालै अनुदान उपलब्ध गराउन, मधेस आन्दोलनका जायज माग सम्बोधन गर्न, बाढी पहिरोपीडितलाई उद्धार गरी राहत उपलब्ध गराउन, जनजाति प्रतिष्ठानको खारेजी नगर्नलगायतका समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.