नेपालको पहाडी भू-भाग पहिरोको उच्च जोखिममा

नेपालको पहाडी भू-भाग पहिरोको उच्च जोखिममा

काठमाडौं: वन फडाँनी र मनपरी चरिचरणले नेपालका पहाडी भू-भाग पहिरोको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन्।

अन्नपूर्ण पोस्ट् दैनिकले सोमबार गरेको अन्तरक्रियामा बाढी-पहिरोविज्ञद्वय वसन्तराज अधिकारी र विनोद पराजुलीले यस्तो कुरा बताएका हुन्।

उनीहरुले नेपालमा गएको शक्तिशाली भूकम्पले जमिनमा पारेको प्रभाव र सामुन्द्रिक सतहमा जलवायुले पार्ने प्रभावले नेपालका डाडाँहरु बाढी-पहिरो उच्च जोखिममा रहेका बताए।

मौसम पूर्वानुमान शाखामा कार्यरत बाढीपहिरो विज्ञ बिनोद पराजुलीले नेपालमा बाढीको पूर्वसूचना नपाएकै कारण धेरै बस्ती जोखिममा रहेको बताए।

'नेपालमा बाढी आउने दुई कारणहरु छन्। एउटा भारी वर्षा र अर्को हिमताल विष्फोट हुने जोखिम', उनले भने, 'यसले नेपालका धेरै पहाडी बस्तीलाई असुरक्षित बनाउको छ।' उनले नेपालका अधिकांश बस्तीहरुमा बाढीपहिरो सूचना पर्याप्त संयन्त्र विकास नभएकोले पनि पहिरोको जोखिममा परेको हो।

उनले बाढी पूर्वानुमान सूचना दिन नेपाल टेलिकम र एनसेलसँग एसएमएसमाफर्त जोखिमयुक्त बस्तीहरुमा सूचना पठाउने तयारी भइरहेको जानकारी दिए।

उनले भने, 'नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरेर बाढी प्रभावित क्षेत्रमा मोबाइल एसएमएस प्रणालीबारे छलफल गरिरहेका छौँ। हामी चाँडै बाढीपहिरोको जोखिममा रहेका क्षेत्रहरुमा यो सेवा सुरुवात गर्न गइरहेका छौँ।

यसबारे हामीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका कमान्ड चिफ, नगरपालिकाका प्रमुख र सामाजिक कार्यकर्ताहरुलाई जानकारी दिनेछौँ।'

 

यस्तै कार्यक्रममा पहिरोविज्ञ वसन्तराज अधिकारीले पहिरोको जोखिम पहाडी क्षेत्रमा अहिलेसम्म १७ हजार पहिरो गइरहेको र अझै जाने धेरै सम्भावना रहेको बताए। उनले भने, ' नेपालमा अहिलेसम्म करीब १७ हजार पहिरो गइसकेको छ। यसकारण यसको रोकथामका लागि सरकारी निकाय, विज्ञ र स्थानीय प्रशासन प्रमुख सचेत भएर पूर्वतयारीहरु गर्नुपर्छ।'

उनले नेपालका फरक क्षेत्रमा फरक प्रकारका पहिरो गइरहेको बताउँदै यसलाई समयमै ध्यान नदिए धेरै बस्तीहरु पहिरोको चपेटामा पर्नसक्ने चेतावनी दिए। उनले भने, 'पहाडी क्षेत्रमा सडक निर्माण गर्दा भौगर्भिक जाँच नगरिकनै गरिएको, प्राय धेरै बस्तीहरु भीरपाखामा हुने भएकाले पहिरोले नोक्सान गर्ने सक्ने सम्भावना धेरै छ।'

उनले पहिरो रोकथाम र न्यूनीकरण करण सरकारीको सहकार्य र जनचेतनाको अभभाव रहेको बताए। उनले बाढीपहिरोको बारेमा अध्ययन अनुसन्धान भइरहेको भए पनि सरकारी पक्षले वेवास्ता गरेको गुनासो गरे। उनले भन, ' बाढी पहिरोको बारेमा अध्ययन अनुसन्धान विश्वविद्यालयमा मात्रै सिमित छ, हामी विश्वविद्यालयमा बाढीपहिरोबारे खोज अनुसन्धान गर्छौ र जर्नलमा प्रकाशित गर्छौ । तर सरकारी पक्षले यसबारेमा कुनै चासो नै दिँदैनन्।'

उनले सडक, पुलपुलेसा, खानेपानी ढल-निकास र अन्य विकासका पूर्वाधारहरु तयार गर्दा हचुवाको भरमा काम हुने हुँदा बाढी र पहिरोले निर्माण संरचनामा क्षति पुर्याउने गरेको उनको भनाइ थियो।

यस्तै उनीहरुले नेपालको चुरे क्षेत्र पनि बाढी पहिरोको उच्च जोखिममा रहेको बताए। उनीहरुले यसको कारण पनि वनजंगल फडानी र अधिकांश चरिचण नै रहेको बताए। उनीहरुले चुरेको डाँडामा रहेका सबै रुखहरु दिनप्रतिदिन फँडानी भएकाले वर्षा हुँदा त्यहाँको माटो बगाउने सम्भावना धेरै भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.