पहिरोले पुरेर आठको मृत्यु

पहिरोले पुरेर आठको मृत्यु

प्युठानः पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ । प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउदा मल्लसहित उनका तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीय जोगिन्द्र मल्लले जानकारी दिए ।

४५ बर्षका मल्लकी ४० वर्षकी श्रीमती सीता मल्ल, १० वर्षकी छोरी सुशीला, ७ वर्षकी छोरी लेखा र डेढ वर्षकी छोरी सिर्जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

घटनास्थलमा उद्धारका लागि अहिले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नेतृत्वमा प्रहरी नायव उपरिक्षक रञ्जतसिंह राठोर सहित रेडक्रस तथा उद्धारटोली अग्लुङ पुगेको छ । रजवारा गाविसमा सडकको पहुँच नहुदाँ अग्लुङबाट झण्डै २ घण्टाभन्दा बढि हिडनु पर्ने हुन्छ । पहिरोमा परेकाहरुको शब फेला परेको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिए ।

 

त्यस्तै गएरातिनै घर भत्कीदा उत्तरी प्यूठानकै पुजा–३ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पुजामा उद्धारका लागि प्रहरीलाई खटाईएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । तर रजवारामा ठुलो घटाना भएकाले पुजामा तत्काल प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली पुग्न नसक्ने प्रमुख जिल्ला अधिकारी पन्तले बताए । यसको बिस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबिच प्यूठानको बरौला गाविसमा झिमरुक नदिकोबीच ७ जना कामदार फसेका छन । हरियाटारमा कुलो निर्माणका लागि कामगर्दै आएका ७ जना मजदुर नदिको विचमा फसेको तर हालसम्म उद्धार हुन नसकेको स्थानीय गोपाल थापाले जानकारी दिए । मजदुरहरुको गएरातिदेखि अहिलेसम्म उद्दार हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.