पहिरोबाट बच्ने तयारी छैन

पहिरोबाट बच्ने तयारी छैन

मनसुनी वर्षासँगै बाढीपहिरोको जोखिम बढेको छ । भूकम्पले चिरिएर कमजोर भएका जमिनमा मनसुनी वर्षा पस्दा निम्तिने जोखिम अकल्पनीय हुनसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । गत वर्ष औसतभन्दा कम वर्षा हुँदा ठूला बाढीपहिरो सामना गर्नुपरेन । तर, यो वर्ष देशैभरि मनसुनी वर्षा औसतभन्दा बढी हुने बैज्ञानिक अनुमान भइरहेका बेला त्यसको बलियो संकेत समेत देखिइसकेको छ ।

भूकम्पले चिरिएका जमिनभित्र पानी पस्ने क्रमसँगै डाँडा र पहाडै खस्ने खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानका प्रतिवेदन पनि छन् । मनसुन सुरु भएका केही साताभित्रैका पहिरो तथा बाढी यसैका परिणाम भएको निश्कर्ष पनि विज्ञहरुको छ । यसै सन्दर्भमा मनसुनी वर्षासँगै निम्तिने प्राकृतिक प्रकोपको अवस्था, जोखिम तथा त्यसको न्यूनीकरण र पूर्व चेतावनीमाथि बहससमेत आवश्यक भइसकेको छ ।

अन्नपूर्ण पोस्ट्ले यिनै विषयमाथि छलफल गर्न लामो समयदेखि नेपालको प्राकृतिक प्रकोप खासगरी पहिरो अध्ययन गरिरहेका पूल्चोक इन्जिनियरिङ क्याम्पस, विपद् अध्ययन केन्द्रका उपनिर्देशक वसन्तराज अधिकारी र बाढीको पूर्वानुमानमा लामो अनुभव भएका जलवायु तथा मौसम विज्ञान विभागमा जलविद्का रूपमा काम गरिरहेका विनोद पराजुलीसँग अन्तरसंवाद गरेको छ ।

विपत्तिमा काम गर्ने निकायबीच समन्वय छैन

बसन्त अधिकारी

भूकम्प र पहिरो र बाढी र वर्षाको सम्बन्धका बारेमा केही महत्वपूर्ण राख्छु । गत वर्ष भूकम्प गएपछि हामीले सोचेजस्तो ठूलो भूकम्प गएन । क्षतीका हिसावले तथा म्याग्नीच्यूटका हिसावले पनि त्यो सोचेभन्दा सानो थियो । यसका विभिन्न कारण छन् । कति प्रश्न अनुत्तरित छन् कतिपयको उत्तर अहिले पनि खोजिरहेका छौं । भूकम्प गएपछि पूल्चोक क्याम्पस विपद् अध्ययन केन्दको संयोजनमा संसारभरीका बैज्ञानिकहरुले भूकम्प प्रभावित जिल्लामा विभिन्न अध्ययन गरियो । १५ वटा समूहसंग मिलेर काम गरेका थियौ । भूकम्प प्रभावित सबै जिल्लामा हामीले अध्ययन गरेका छौं ।

पहाडीभेगमा धेरै क्षती भएको र गाउंहरु क्षती भएको कारणले पनि यसमा बढी केन्द्रित भयौं । खासगरी पहिरोको प्रकृति कस्तो थियो । कसरी गया । वर्षामा त्यहां कस्तो अवस्था हुन्छ भन्नेबारेमा हाम्रो अनुसन्धान केन्द्रित थियो । पहिरोमा थप खतरा कसरी उत्पन्न हुनसक्छ भन्नेबारेमा हामीले अध्ययन गरियो ।

भूकम्प प्राभवित क्षेत्र भूगोल पनि कजमोर र भिरालो जमिन भएका कारण भूकम्प पनि बढी गएको देखियो । तर त्यो भूकम्पका कारण ठूला ठूला पहिरोको खतरा थियो। हामीले अनुमान पनि गरेका थियौं तर त्यस्तो भएन गत वर्ष । अडिएर रहेको डांडा तल झर्यो । भूकम्पले गर्दा जमिन कसरी हल्लियो त्यसका आधारमा पहिरो जाने हुन्छ ।

ताइवान वा चिनको भूकम्पपछि ठूला बाढी पहिरो आएको देखिन्छ । ती अनुभव पनि हामीले यहां उपयोग गर्न सकिन्छ भनेर हामीले अध्ययन थाल्यौं । डांडै हामीले पुरै जमिन नै लेजर स्क्यान गर्न थाल्यौं । जमिन चिरा परेको छ की छैन । ढुंगा कसरी बसेको छ भन्ने लगायतका विषयमा अध्ययन केन्द्रित गरियो । हामीले त्यो प्रविधीको प्रयोग गरिरहेका छौं । हामी भोटेकोशीमा जुरेदेखि चीन सिमानासम्म अध्ययन गरेका छौं ।

अब अहिले मनसुन आइसकेपछि यसवर्ष धेरै वर्षा हुने अनुमान गरेको अवस्थामा यो वर्ष अझ बाढी पहिरो जानसक्ने संभावना देखिन्छ । भूकम्पका कारण प्वाल परेका जमिन टालिएका छैनन् । चिरिएका चट्टान र जमिनमा पानी परेपछि पानी छिर्छ र ती पहिरोका रुपमा झरेर ठूला पहिरो जान्छकी भन्ने चिन्ता छ । फिल्ड जान अहिले सकिएको छैन पानी पर्न कम भएपछि जान सकिन्छ ।

पूर्व सूचना दिन सकियो भने धेरै ज्यान बचाउन सकिन्छ

विनोद पराजुली
म जलवायु र बाढी भविश्यवाणीका बारेमा मेरो विशेषज्ञता छ । प्रसंग मनसुनसंग जोडिएको छ । मनसुनको चर्चा छ । मनसुन गत वर्ष अलि कमजोर थियो । औषतभन्दा १८ प्रतिशत कम वर्षा भएको थियो । यो वर्ष नेपालमा औषत र औषतभन्दा बढी हुने पूर्वानुमान छ । चार महिनाको मनसुनको पानीको परिणामका आधारमा यो अनुमान गरिएको हो । गत वर्ष भूकम्पपछि मनसुन आउदै थियो । हामीले पूर्वतयारीलाई तिब्र बनायौं । ठूलो वर्षा भएन र मनसुन सत्रिय हुदा पनि धेरै पानी परेन र पहिलो र बाढीका घटना कम भए ।

हामीसंग पूर्व सूचना प्रणाली छ । हामी त्यहांका सूचना निरन्तर प्राप्त गरिरहेका हुन्छौं । गत वर्ष कालीगण्डकीभन्दा अन्य ठाउंमा ठूला बाढी पहिरोका घटना भएनन् । भूकम्प गएकै वर्षमात्रै ठूलो पहिरो जाने होइन । कमजोर भू धरातल कमजोरै छ । त्यो अवस्थामा ठूलो पानीपर्दा संधै जोखिम नै हुन्छ भन्ने आधारमा हामी पूर्व तयारी गरिरहेका छौं । यो वर्ष मनसुन सक्रिय छ । दक्षिण एसीयामा साझा रुपमा मनसुन अनुमान गर्ने संस्थाले नै यसको अनुमान गरेको हो । नेपालको पश्चिमा अलि बढी वर्षाको संभावना देखिन्छ ।

बाढीको कुरा गर्दा जलवायु तथा मौसम विज्ञान विभागले देशैभरी बाढी भविश्यवाणीलाई थप सक्रिय बनाइरहेका छौं । मौसमको भविश्वाणी भइरहेको थियो तर गत वर्षदेखि बाढीको भविश्यवाणी पनि गर्न थालेका छौं । अहिले हामी १२ घण्टाको भविश्यवाणी गरिरहेका छौं । अर्को वर्षदेखि तीनदिनको वाढीको भविश्यवाणी गर्छौं । हामीले कर्णाली, नारायणी, बागमती, कोशी, कन्काइलगायतका देशैभरीका नदी जलाधारमा बाढीको प्रकोपबाट बांच्नका लागि सूचना दिइरहेका छौं । जिवन बचाउनका लागि बाढीबाट बच्नका लागि हामी पूर्व सूचना दिन्छौं ।

कन्काइमा दुईपटक चेतावनीको तह पार गरिसकेको छ । यसका अलावा बाढी आउन सक्ने कारणमध्ये भारी वर्षा र हिमताल विष्फोटपछि उत्पन्न हुने बाढी नेपालका लागि बढी खतरा छन् । यी कारणले बाढी आउने संभावना नेपालमा बढी छ । यो वर्ष पनि बाढी आयो खुम्बुमा हिमताल विष्फोट भएर आएका बाढी थिए । अहिले च्छो रोल्पा र इम्जा हिमतालमा हामी काम गरिरहेका छौं ।

च्छो रोल्पामा तीन मिटर पानीको सतह घटाइसकेका छौं । इम्जामा भने नेपाली आर्मी खटेर पानी घटाउने काम थालिसकेका छन् । त्यहांको पानी पनि तीन मिटर नै घटाउने योजना छ। यति गर्दा पनि जोखिम शून्य भएको होइन । गोरखा भूकम्पजस्ता अन्य भूकम्प जांदा गर्ने क्षती र उत्पन्न हुने बाढी सबैभन्दा खतरा हुन्छन् । यसले हिमाली पहाडी भेगमा अलल्पनीय क्षती गर्छ । यी सबै कुरालाई ध्यानमा राख्दै हामीले पूर्व सूचना प्रणाली जडान गरेका छौं । हामी यसैका लागि मास एसएमएस पठाउने तयारी अन्तिम चरणमा पुर्याएका छौं ।

विपद्को घटना हुदा सूचना पठाउछौं । ११५५ मा जनताले सिधा फोन गर्दा हामी विज्ञले नै फोन उठाउछौं र कुन खोलामा बाढीको के अवस्था छ अबको १२ घण्टा कस्तो अवस्था हुन्छ भन्ने जानकारी हामी दिन्छौं । सबैतीर पूर्व सूचना प्रणाली सक्रिय छन् । ४८ ठाउंबाट बाढी नाप्ने स्वचालित उपकरणले सूचना दिइरहेका छन् । अरु ९६ वटा स्टेनबाट वर्षा नापिरहेका छौं । म्यानुअल दुईसय स्टेशनबाट सूचना प्राप्त गरिरहेका छौं । मौसम अनुमानपछि बाढी अनुमान गछौं ।

 

प्रश्नः हामीले केही समयअघि एउटा समाचार प्रकाशित गर्यौं । जेठमा दुई दिन पानी पर्ने र बांकी दिन नपर्ने भन्ने जानकारी मौसमविद्ले दिनु भएको थियो तर त्यो मिलेन । मौसम अनुमान कति भरपर्दो छ ? बैज्ञानिक छ त अनुमान छ । यसैगरी भूकम्पपछि डांडाको लेजर स्क्यान गर्दा डांडाको अवस्था कस्तो छ र सरकारले जनतालाई ती सूचना दिएको छ की छैन ।

विनोदः मौसम भविश्ववाणी धेरै कठिन विषय हो । जल तथा मौसम विज्ञान विभागमा अहिले युरापियन बैज्ञानिक पनि हुनुहुन्छ । तर उहांहरुले पनि मिलाउन सक्नुभएका छैन । हाम्रो टोपोग्राफी नै मूख्य समस्या हो । अमेरिका युरोपमा हुने मौसम प्रणाली फरक छ । त्यहां चिसो र तातो हावको गतिका आधारमा प्रत्येक मिनेटको अनुमान गर्न सकिन्छ ।

तर नेपालमा खासगरी दक्षिण एसीयामा भने मनसुन छ । त्यो युरोप वा अमेरिकाको प्रणालीभन्दा फरक छ । यो जमिन र समुन्द्रको पानी तात्ने र सेलाउने प्रकृयासंग सम्बन्धित छ । दुईबीचको अन्तरक्रिया भारत तथा बंगलादेशसम्म पनि कहिलेकांही बढी नै मिल्छ । त्यो समथर जमिन हो । त्यसैका आधारमा मौसमको भविश्यवाणी मिलाउन सकिन्छ । तर जव नेपालमा आइपुग्छ त्यो फरक हुन्छ । किनभने यहांको टोपोग्राफी नै फरक छ । मनसुन सक्रिय गराउने वा नगराउने प्रणालीले हिमाली क्षेत्रमा आइपुगेपछि यसले आफ्दो दिसा परिवर्तन गर्छ । पहाडको झुकावलगातले असर पुर्याउछ ।

ती सबै कुरा ध्यानमा राख्दै डब्लुआरएफ मोडेल प्रयोग गरिरहेका छौं । यसैका आधारमा तीन दिन भविश्ववाणी गरिरहेका छौं । एक दिनको सार्वजनिक गछौं । मौसम विज्ञान विभागले एकदिनको भन्दा बढी भविश्यवाणी गरेका छैनौं । कसले महिनाभरीको गर्नुभयो त्यो उहाँको व्यक्तिगत कुरा होला । एक दिनको मौसम भवियवाणी ८२ प्रतिशतसम्म मिलेको छ । हामी पहिरो जाने खतरा भएका स्थानमा पनि मोबाइलमार्फत सन्देश पठाउने तयारी गरिरहेका छौं ।

प्रतिघण्टा ६० मिलिमिटर भन्दा बढी वर्षा भयो भने ती स्थानमा पहिरोको संभावना हुन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनका आधारमा हामी पनि काम गरिरहेका छौं । पहाडमा पनि हामी बढी पानी पर्यो भने सन्देश पठाउछौं ।

बसन्तः हामीले गुगलअर्थ टुल्समार्फत भूकम्पअघि र पछिका पहिरोका बारेमा मेरो समूहले पुरै भूकम्प प्रभावित क्षेत्रको अध्ययन गर्यौं । हामीले पहिचानका क्रममा १७ हजारभन्दा बढी पहिरो भूकम्पले निम्त्याएको भेट्यौं । फेरि त्यो मनसुनले ल्याएको हो की भनेर अध्ययन गरियो । त्यो देश र देशबाहिर पनि प्रस्तुत गर्यौं । भियनामा १४ हजार बैज्ञानिकका अगाडी त्यो अध्ययन प्रस्तुत गरियो । पहिरोको बारेमा धेरैले अध्ययन गरिरहनुभएको छ ।

मोडेल फरक पर्दा पहिरोको संख्या पनि फरक पर्यो तर ठाउं भने फरक परेको छैन । त्यसपछि हामी भोटेकोशी आसपासको डांडा स्क्यान गर्यौं । त्यसको डाटा प्रशोधन गरियो । यसपाली मनसुन सक्रिय भएका कारण ती डांडाहरु पहिरोका रुपमा खस्छ्न की भन्ने छ ।

ताइवानमा चिचि भूकम्प गएपछि एउटा राजमार्ग पहिरोले बगायो । सरकारले फेरि बनायो फेरि बगायो । फेरि बनायो फेरि पनि बग्यो । पहाड हल्लिएपछि स्थिर हुनका लागि केही समय लाग्छ त्यो अध्ययन अहिलेसम्म नेपलमा भएको छैन । कति वर्षसम्म त्यो पहिरोका रुपमा खस्न सक्छ र बन्द हुन्छ भन्ने बारेमा हिमालय क्षेत्रमा अनुसन्धान भएको छैन जुन हामी गर्न खोजिरहेका छौं । सरकारी निकाय र स्थानीय समुदायलाई हामीले बयान गरेका छौं । सरोकारवाला निकायसमक्ष निश्कर्ष सुनाएका छौं ।

पहिरो जाने कारणचांही पानीको भूमिका मात्रै हुदैनन् । पश्चिम नेपालमा मैले गरेको अध्ययनले त्यो क्षेत्रमा पहिरो जानुको कारण पत्ता लगाएका थिएं । पहिलो कारण वर्षा हो । यसैगरी दो श्रो कारण ढुंगा फाट्ने र पहिलो जाने तथा ते श्रो माटोको अवस्था र टांसिएर बसेको छ छैन । पानी परेको बेला त्यो फेरि बग्ने संभावना छ की छैन भन्ने आधारमा पहिरो जाने हो । यसकारण सबैलाई पूर्व सूचना प्रणालीमा लैजान आवश्यक छ । पहिरो जान्छ की जादैन भनेर हामीले ठ्याक्कै भन्न सक्दैनौं ।

प्रश्नः भूइचालो र वर्षाले पहिरोको जोखिम त बढाउछ नै । पहिरोको जोखिम भएका जुेरजस्ता क्षेत्रमा बस्ती नै बसाउनै नहुने हो । तर बस्तीहरु बसिरहेका छन् । यसबारे कुनै अध्ययन भएको छैन ?

बसन्तः नेपालमा कुन ठाउंमा पहिरोको जोखिम छ भनेर नक्साङकन गरिएको छैन । मैले माडी उपत्यकामा चांही यस्तो नक्सा बनायौं । जुरेमा खतरानाक थियो बस्ती किन बसाइयो भन्ने छ । जोखिम पहिचान गरी बस्ती बसाइएको नेपालको ठाउं नै छैन । नेपालका अधिकांश बस्ती पहिरो गइसकेपछि वा भूकम्पपछि समथर बनाएका ठाउं हुन् । ती कति जोखिम छन् भन्ने बारेमा नेपालमा गहिरो अध्ययन भएको छैन।

जुरेमा १८९० तीर ठूलोअध्ययन भएको छ । जुरे क्षेत्र नै जोखिमयुक्त देखिएको थियो । जुरेमै यस्तो ठूलो पहिरो जान्छ भनेरचांही कसैले भनेको होइन । त्यहां पहिरोको जोखिमचांही थियो । किनभने त्यहां भर्टिकल क्र्याक थियो । माथीबाट पानी परेपछि मित्र छिथ्र्यो । पानी छिरेपछि बिस्तारै तल खसेको हो ।

पहिरो वा यस्ता प्राकृतिक विपत्ति प्रकृति र जनावरले थाहा पाउछन् । हामीले थाहा नपाउने आवाज वा भाइब्रेसन जनावारले थाहा पाउछन् । जनावरले अनुमान गर्न सक्छन् ।

विनोदः पहिरोको अनुमान भनेको धेरै सरकारी निकायबीचको समन्वयले मात्रै हुने काम हो । खानी विभाग नै हो पहिरोका बारेमा काम गर्ने । पहिरो जोखिम नक्सांकन गरी बाहिर ल्याउनुपर्ने काम उनीहरुकै हो । त्यो सूचना पाए हामी यसलाई पूर्व सूचना दिनका लागि तत्काल सूचना दिन सकिन्छ ।

प्रश्नः भूकम्पपछि गृह मन्त्रालयले चारसयभन्दा बढी बस्ती जोखिममा भएको प्रतिवेदन तयार पार्यो । तर अहिले पनि ति क्षेत्रमा बस्ती बसेकै छ । यस्तो जोखिम छ भनेर थाहा पाउदा पाउदै पनि किन स्थानीय बासिन्दालाई सूचना नदिइएको हो ? अध्ययन नै बैज्ञानिक छैन की ?

विनोदः हाम्रो काम सूचना दिने हो । बस्ती हटाउने काम गृह मन्त्रालयको जिम्मेवारीभित्र पर्छ । उहांहरुको काम हो । हामीले अहिले केही कानुन बनाउदै छौं । १२ वर्षमा खोलो फर्किन्छ भन्ने कुरा सांचो हो । लामो समयको अध्ययन गरेर पचास वर्षमा सय वर्षमा कत्रो बाढी आउछ अनुमान गर्न सकिन्छ । त्यसका आधारमा बस्ती बसाउन पाइने वा नपाइने भन्ने निर्णय गर्न सकिन्छ । ऐन पारित भयो भने मात्रै यी कुरालाई कार्यान्वयन गर्न सकिन्छ ।

उनीहरु बसोबास गरेको स्थानबाट अहिले नै छोडेर जाउ भन्न सक्ने अवस्था छैन । जलवायु परिवर्तनको सम्बन्ध पनि बाढीसंग छ । छोटो समयमा धेरै पानी पर्ने तथा मनसुनमा ठूला बाढी धेरै आउने क्रम बढेको छ । यो जलवायु परिवर्तनकै कारण हो भनिएको छ । आज त बाढी नेपाल बाढीको जोखिमका हिसावले ३० सौं स्थानमा छ । जलवायु परिवर्तनको जोखिमका हिसावले चार स्थानमा छ ।

तर अझै जोखिम हाम्रोमा बढिरहेको छ । थप जोखिम जोडिएर आइरहेको छ । पूर्व सूचना प्रणालीलाई जलवायु परिवर्तनलाई जोडेर हेुनुपर्ने अवस्था छ ।

जलवायु परिवर्तनको कुरा गर्दा हिमतालको आकार र संख्या पनि बढिरहेको छ । विभिन्न संस्थाले अध्ययन गरिरहेका छन् । विभिन्न २० हिमताल पनि जोखिममा छन् । यी हिमताल बढिरहेका छन् । ती धेरै नै ठूला र गहिराइसमेत बढिरहेको छ । यसैकारण पनि त्यसको जोखिम पनि थपिदैछ ।

बसन्तः गृह मन्त्रालयको काम हो यो त्यहां छुट्टै शाखा बनाएर काम गरिरहेका छौं । खानी विभागले तयार पारेको रिपोर्ट हो ।

तर त्यो रेस्क्युको समयमा त्यो रिपोर्ट आएजस्तो लाग्छ । बस्ती स्थानान्तरण नै गर्नका लागि गहिरो अध्ययन जरुरी हुन्छ । हल्का अध्ययनले बस्ती जोखिममा छ भन्न सकिदैन । युरोप अमेरिकामा प्रत्येक जोखिमको नक्सांक्न गरेर मात्रै बस्ती बस्न दिने नदिने निर्णय गर्छ । हाम्रोमा त्यो संस्कृति र व्यवहार पनि छैन । सरकारले पनि अहिले त्यो गर्न सक्ने देखिदैछ । लाङटाङको कुरा गरौं ।

अहिले पनि त्यो जोखिम भएको क्षेत्र हो । तर मान्छे फेरि फर्किएर त्यही बस्न थालिसके । किन भने उनीहरुसंग पर्यटनभन्दा अरु विकल्प छैन । बांच्नका लागि विकल्प दिनुपर्यो अनिको मान्छे त्यहांबाट अन्यत्र जान सक्छ । त्यसैले यो व्यवस्थापन गर्न पनि सरकारलाई सजिलो छैन ।

विदेशमा यहां पहिरो आउछ बाढी आउछ भन्ने अध्ययन गरेर घर बनाउन दिने नदिने योजना बनाउछ । नापी विभागले पनि तराईमा यस्तो अध्ययन सुरु गरेको छ । हटाउनुपर्ने जरुरी छ । नियम बनाएर जानुपर्छ । नेपालमा प्रकोपबारे कानुन नै छैन । विपद् व्यवस्थापन ऐन अहिलेसम्म पारित भएन । कार्यान्वयन गर्न त्यसले पनि कठिन छ । पांचसय वर्ष वा सय वर्षमा कति ठूलो बाढी आउछ अनुमान गर्न सकिन्छ तर सरकारले कानुन बनाउनुपर्छ ।

प्रश्नः भूंइचालोपछि क्रममा घर भन्दा ठूलो ढुंगा माथीबाट झर्ने अवस्थामा थिए । भूकम्प र वर्षाले स्टोन वेदरिङ (ढुंगा चोइटिने र बग्ने) मा कस्तो भूमिका खेलेको हुन्छ ।

बसन्तः हामीले पहिरोलाई पहिले बुझौं । पहिरो विभिन्न आठ प्रकारका हुन्छन् । माथीबाट ढंगा खस्ने, जमिन अर्कोतीर बग्ने, लेदो ढुंगामाटो आदी बगेर आउने धेरै प्रकारका पहिरो हुन्छन् । भूकम्पका कारण, मानिसका कारण, बाइलोजिकल कारण तथा अन्य विभिनन कारणले ढुंगा खस्ने र चोइटिने क्रम हुन्छ । त्यसैले भूकम्पले मेकानिकल वेदरिङमा प्रभाव पारेको हुन्छ ।

घरमाथी ठूला ढुंगा हुन्छन् तर त्यही सुरक्षित हुन्छ बांदरले ढुंगा त लडाउन सक्दैन भनेर बस्ती बसेका छन् । तर भूकम्प तथा पहिरोका लागि ती ठाउं नै धेरै जोखिममा हुन्छन् । कुन ठाउं कस्तो छ पहिरो जान्छ ठ्याक्कै भन्न सकिन्न ।

प्रश्नः मास एसएमएसले सबैलाई कसरी छुन सक्ला ?

विनोदः मास एसएमएसको अवधारणा अलि फरक रुपमा अघि बढाउन खोजिएको हो । हामी पहिले हाम्रा सरोकारवाला पहिचान गर्छौं । प्रमुख जिल्ला अधिकारी, सेना प्रमुख, प्रहरी प्रमुख, जिवीस तथा गाविस लगायतसंग सरोकार राख्ने व्यक्ति हाम्रा स्थायी प्रयोगकर्ता हुन् । उहांहमार्फत बाढी पहिरोको सूचना गाउंसम्म पुग्न सक्छ । नेपाल टेलीकम र एनसेलले बाढी प्रभावित क्षेत्रमा भएका व्यक्तिहरुकोबारेमा सूचना दिन सक्छन् ।

बाढीका दृष्टिकोणले खतरा भएका स्थानमा त्यही एउटा घेरा बनाएर त्यस आसपासका क्षेत्रका मोबाइल नम्बरमा सूचना पठाउंछौं । स्थानीय बासिन्दाको नम्बर पत्ता लगाएर सबैलाई सन्देश पठाउंछौं । हामी रोमनमा लेखेर सन्देश पठाउछौं । प्रभावकारिता जांच्नचांही बांकी छ । अहिलेको सूचना पठाउने प्रणाली झन्झटिलो छ । अबचांही सिधै जनतासमक्ष सन्देश पुग्छ ।

प्रश्नः मोबाइल एप्स बनाएर पनि सूचना पठाउन सकिदैन ?

विनोदः हामीसंग मोबाइल एप्स छ । नेपाल बाढी सूचना भन्ने छ त्यस्तै एप्स छ तर इन्टरनेट चाहिने भएकोले यसलाई सबैसमक्ष पुर्याउनचांही सकिने देखिदैन ।

प्रश्नः जथाभावी डोजरले बाटो खन्दा बाढी पहिरोको जोखिम झन बढेको छैन ?

बसन्तः हो जथाभावी बाटो खन्दा कुनै अध्ययन नै नगरी जहापायो त्यहीबाट बाटो खन्दा पहिरोको खतरा झन बढेको छ । विकास भनेको बाटो हो भन्ने बुझाइका आधारमा इन्जिनियरिङ अध्ययन नै नगरी बाटो खन्दा समस्या भयो । सरकारले यसलाई वास्ता गर्दैन । अध्ययन नै नगरी बाटो खनिन्छ । ड्रेन नबनाउदा बाटोभरी पानी जम्छ र बाटो भत्किन्छ । भौगर्विक अध्ययन नगरी बनाएका बाटो दीर्घकालिन हुदैन ।

प्रश्नः चुरेको अवस्था कस्तो हो ? बाढी पहिरोका कारण जोखिम भएका ठाउंमा शहर बनाउने काम धमाधम भइरहेको छ ? मध्य पहाडी राजमार्गमा बनिरहेका खुर्कोटजस्ता शहर हुनै बेला पहिरोले बगाएाक क्षेत्र हुन् । यस्ता ठाउंमा शहर बस्ती बसाउन उपयुक्त ठाउं हुन् ?

बसन्तः चुरेमा कति पहिरो वा खतरा छ भन्नेबारेमा चुरे संरक्षण विकास समितिले अध्ययन गरिरहेको छ । त्यसको प्रतिवेदन बाहिर ल्याउनु होला । चुरे कमजोर जमिन हो । कमजोर जमिनमा पानी पर्दा सिधै जमिनमा पुग्छ । वन विनास छ त्यसका कारण पनि धेरै समस्या उत्पन्न भइरहेको छ । चरिचरण झन ठूलो समस्या छ ।

विनोदः मध्य पहाडी मार्गका खुर्कोटजस्ता स्थानको नक्सांकन गरिएको छैन । तराईमा गरिएको छ । अब पहाडी क्षेत्रमा त्यस्तो नक्साङकन आवश्यक भइसक्यो । त्यसबारे हामी पनि छलफल गरिरहेका छौं । तर तत्काल ती क्षेत्रबाट बस्ती स्थानान्तरण गर्ने संभावना भने तत्कालन देखिदैन । पर्खाल लगाउने लगायतकाम भइरहेको होला ।

पूर्व सूचनालाई व्यवस्थित गर्न आवश्यक छ । बर्दीयाको राजपुर लगायतका क्षेत्रमा बाढीकै कारण बस्ती हटेका छन् । लेदो रुख विरुवासंगै आएको बाढीले खोला बग्ने दिसा नै परिवर्तन गरिदिन्छ । कतिपय ठाउंमा जोखिम नक्सांकनले पनि काम गर्दैन ।

प्रश्नः बस्ती स्थानान्तरणका लागि पुननिर्माण प्राधिकरणले तयारी गरिरहेको छ ? तपाइजस्ता विज्ञसंग छलफल हुन्छ की हुदैन ?

बसन्तः छलफलचांही भइरहेको छ तर हाम्रो संलग्नता छैन । प्राधिकरणले आफ्नै स्रोत साधन र विज्ञहरु प्रयोग गर्छ । उहांहरु सरकारी विज्ञहरुकै बढी सहयोग लिनुहुन्छ ।

प्रश्नः मुग्लिङ नारायणगढमा पहिरोले बाटो बन्द भइरहेको छ ? अध्ययन नगरी बाटो बनाइएको हो ?

बसन्तः धेरै बैज्ञानिक अध्ययन भए, प्रतिवदेन तयार भएका छन् । अनुसन्धान र सरकारका बीच समन्वय भएन । हामी हाम्रा प्रतिवेदन जर्नलमा प्रकाशित गर्छौं । सर्वसाधारणले तथा सरकारी मानिसले त्यो पढ्दैनन् । सायन्स फर सोसाइटी भएन । अहिले त्यहां बाटो बिस्तार भइरहेको छ । ठूलो रुपमा पहिरो जानसक्ने संभावना छ भन्नका लागि डांडै अध्ययन गर्नुपर्ने हुन्छ तर हामी बाटोभन्दा तल माथी ५०, ५० मिटर मात्रैअध्ययन गरेर बाटो बनाउने काम गर्छौं र पनि समस्या भयो ।

विनोदः ठेकेदारले बाटो निर्माण गर्ने क्रममा पनि अबैज्ञानिक रुपमा काम गरेका छन् । आफ्नो फाइदाका लागि काम गर्छन् । बैज्ञानिक रुपमा होइन । सडक विभागले राम्रोसंग अनुगमन गर्न आवश्यक छ । बैज्ञानिक अनुसन्धान र योजना अनुसार मात्रै सडक बनाउन लगाउनुपर्छ ।

प्रस्तुतीः पिताम्बर सिग्देल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.