निरजले पाए अन्नपूर्णको साप्ताहिक पुरस्कार
विराटनगरः अन्नपूर्ण पोस्टले संचालन गरिरहेको ‘नपर्ने त कुरै छैन' वार्षिक ग्राहक योजना अन्तर्गत २२ औं साताका बिजेतालाई पुरस्कार प्रदान गरिएको छ ।
यो हप्ताको पुरस्कार विराटनगर १७ निवासी निरज थापालाई प्रदान गरिएको छ । कोशी प्याकेजीङ एण्ड प्रिन्टर्सका संचालकद्वय राधारमण भण्डारी(श्याम) र सोमनाथ अधिकारीले मंगलवार अन्नपूर्ण पोस्ट्को पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा आयोजित एक समारोहबीच थापालाई पुरस्कार प्रदान गरेका थिए ।
अन्नपूर्ण पोस्ट्को बार्षिक ग्राहक बन्ने मध्येबाट साप्ताहिक रुपमा गरिएको लक्की ड्र मार्फत उनी विजेता घोषित भएका थिए । उनले होम एप्लाइन्सेस गिफ्ट ह्याम्परका रुपमा भ्याकुम क्लिनर, राइसकुकर, पंखा, इन्डक्सन चुलो लगायतका घरायसी सामानहरु पुरस्कार स्वरुप पाएका छन ।
‘पुरस्कार परेको सुन्दा म त छक्क परे । सपना हो कि बिपना हो जस्तो भो' विजेता थापाले सुनाए ‘अहिले सम्म मलाई कुनै पुरस्कार परेको थिएन् ।' अन्नपूर्णले पुरस्कार हस्तान्तरण गर्दा उनी निकै खुसी देखिन्थे ।
अन्नपूर्ण पोस्ट्ले पूर्व क्षेत्रलाई लक्षित गरी संचालन गरिरहेको ‘लौ आयो अन्नपूर्ण' ग्राहक अभियान आफैमा राम्रो काम भएको उद्योगपति सोमनाथ अधिकारीले बनाए । ‘पूर्व क्षेत्रका आवाजलाई बुलन्द बनाउन अन्नपूर्ण पोस्ट् सदैव एक कदम अगाडी छ' उनले भने ।
अर्का उद्योगपति राधारमण भण्डारी(श्याम)ले आक्रामक बजार नीति लिएर देशभरका पाठक माझ आईरहेको अन्नपूर्ण पोस्टले आर्थिक क्षेत्रलाई अझै बढी प्राथमिकता दिई समाचार सम्प्रेषण गर्न सुझाव दिए । ‘सहर केन्द्रित मात्र नभई ग्रामिण क्षेत्रका आवाजहरुलाई पनि बुलन्द बनाउन सक्योस्' उनले भने ‘आर्थिक क्षेत्रका समाचारहरु अझै बढी संम्प्रेषण होस् ।'
तीन हजार चार सय रुपैयॉ तिरेर अन्नपूर्ण पोस्ट्को बार्षिक रुपमा ग्राहक बन्ने पाठकले उपहार पाउ‘छन । पाठकले पत्रिकाको बार्षिक ग्राहक बन्नासाथ हातैमा एक थान मोबाइल सेट उपहार पाउनेछन ।
बार्षिक ग्राहक बन्ने मध्येबाट एक जनाले लक्की ड्र मार्फत साप्ताहिक रुपमा होम एप्लाइन्सेस गिफ्ट ह्याम्पर, मासिक रुपमा बजाजको प्लाटिना मोटरसाइकल र बार्षिक लक्की ड्रबाट एकजना भाग्यशाली बिजेताले चितवन भरतपुरस्थित यज्ञपुरी कोलोनीमा बनेको १ करोड ५० लाख रुपैयाँको अढाई तले वंगाला उपहार पाउँनेछन । वंगाला पूर्ण सजावटयुक्त छ ।
अन्नपूर्ण पोस्टका नयाँ मात्र नभई पुराना ग्राहकहरुले पनि बार्षिक ग्राहक नबिकरण गरेर यो अभियानमा सहभागीता जनाउँन पाउनेछन । अर्धबार्षिक र त्रैमासिक रुपमा पत्रिकाको ग्राहक बन्ने पाठकले कुनै उपहार पाउँदैनन् । हाल देशभर ग्राहक योजना संचालन भईरहेको छ ।