एटलान्टामा नेपथ्यको प्रस्तुति

एटलान्टामा नेपथ्यको प्रस्तुति

काठमाडौं (अन्नपूर्ण): अमेरिकाको एटलान्टामा चलिरहेको एसोसिएसन अफ दी नेप्लिज इन दी अमेरिकाज (एएनए) सम्मेलनमा नेपालको चर्चित सांगीतिक समूह नेपथ्यले आकर्षक प्रस्तुति दिएको छ।

जुलाई २ का दिन बेजोड सांगीतिक प्रस्तुति दिएर नेपथ्यले यस वर्षको अमेरिका भ्रमण सम्पन्न गरेको छ। एटलान्टाको 'सेन्टर स्टेज'मा अमेरिका यात्राको दोस्रो कार्यक्रमका रूपमा नेपथ्यले प्रस्तुति दिएको हो। एक साताअघि लस एन्जलसमा नेपथ्यले आफ्ना चर्चित नेपाली लोक रक सुनाएको थियो।

विकसित सहरको व्यवस्थित मञ्चमा उपलब्ध आधुनिक विद्युतीय प्रबन्ध प्रयोग गर्दै ब्यान्डले 'भेँडाको ऊनजस्तो' बोलको गीतबाट प्रस्तुति सुरु गरेको थियो। नेपथ्य ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयले जनाएअनुसार आफ्ना चर्चित गीत पस्कँदै गायक अमृत गुरुङले लोकगीतका भाका खोज्दै नेपालका डाँडाकाँडा घुम्दाको रमाइलो अनुभवसमेत सुनाएका थिए।

नेपालको पर्यटन विकासमा गीतबाट मात्र नभई आफ्ना सांगीतिक प्रस्तुतिमा दर्शकलाई सधैं उत्प्रेरित गरिरहने उनले यसपटक पनि त्यस्तै गरे।कार्यक्रममा हरेक गीत सिर्जना गर्दाको अनुभव सुनाउँदै उनले 'छेक्यो छेक्यो', 'चरी मर्यो', 'जोमसोमै बजारमा', 'सालैजो', 'गाउँगाउँबाट उठ', 'रेशम', 'तालको पानी'जस्ता गीत सुनाएर दर्शकलाई नाच्न बाध्य बनाए।

सो अवसरमा सार्वजनिक नभएको गीत 'कोसीको पानी यो जिन्दगानी'समेत गाएका अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन र गितारमा निरजले साथ दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.