गोरखामा पहिरोले पुरिएर एक बालकसहित तीनको मृत्यु

गोरखामा पहिरोले पुरिएर एक बालकसहित तीनको मृत्यु

शिवप्रसाद उप्रेती
गोरखाः गोरखाको केरौँजा गाविसमा बाटो पन्छाउने क्रममा पहिरोले पुरिएर तीनजनाको मृत्यु भएको छ । केरौँजा गाविस ३ को केरौँजाबेसीबाट माछाखोला जाने बाटो पन्छाउने क्रममा पुरिएका ६ जनामध्ये तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा परी केरौँजा ३ की ४५ वर्षीया कान्छीमाया गुरुङ, ३० वर्षीया चीनमाया गुरुङ र १५ वर्षका सन्देश घलेको मृत शरीर निकालेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी जनकराज पाण्डेले जानकारी दिए ।

उद्धार गरिएका ३ को माछाखोला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उद्धार गरिएका मध्ये केरौँजा ४ का ४० वर्षीय रामजीत गुरुङ (टुंगे) र सोही स्थानका ४० वर्षीय कृष्ण गुरुङ (उकाल)को अवस्था सामान्य छ भने केरौँजा ३ का १२ वर्षीय शुकराम गुरुङको अवस्था गम्भीर छ ।

घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर काठमाडौँबाट उडिसकेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
 
स्थानीयन सुकबहादुर गुरुङका अनुसार खाना खाएर बाटो बनाउन गएका ६ जना बिहान ११ बजे पहिरोमा पुरिएका हुन् । गुरुङले भने, ‘पहिरो रोकियो भनेर बाटो बनाउन गएका थिए फेरी पहिरो आएर छोप्यो ।'

अघिल्लो हप्ता मंगलबार गएको पहिरोले केरौँजाबेसीका ३८ परिवार विस्थापित भएका थिए । पहिरो रोकिएपछि बाटो खुलाउन गएका स्थानीयबासी बाटो खुलाउने क्रममा पुनः पहिरोले पुरिएका हुन् । पहिरो रोकिएपछि केरौजाबासी घर फर्किसकेका थिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.