स्कुटर दुर्घटनामा महिलाको मृत्यु

स्कुटर दुर्घटनामा महिलाको मृत्यु

विराटनगर: पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी १ मा मंगलबार बिहान भएको दुर्घटनामा परेर एक जना स्कुटर चालक महिलाको मृत्यु भएको छ। एक युवती घाइते भएकी छन्।

विहान ११:३० बजे भएको दुर्घटनामा परेर पथरीशनिश्चरे नगरपालिका २ की ४० वर्षीय कविता धिमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उर्लाबारी अरनीको अस्पतालमा उपचारका क्रममा ११:४५ बजे मृत्यु भएको राईले बताए। दुर्घटनामा परेर स्कुटरको पछाडि सवार कविताकी छोरी १७ वर्षीय अनिशा गम्भीर घाइते भएकी छन्। अनिशाको उर्लाबारीमै उपचार भइरहेको छ।

उर्लाबारी १ स्थित सत्यसाई पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिमतर्फ गइरहेको धिमालले चलाएको को ४ प ४७४३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा ४७ प ३९३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको जानकारी प्रनि राईले दिए।

ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.