युवा संघका नेतामाथि खुकुरी प्रहार

युवा संघका नेतामाथि खुकुरी प्रहार

विराटनगरः युवा संघका कोसी अञ्चल कमिटी सदस्य एवम् युवा परिचालन विभाग प्रमुख हरि बस्नेतमाथि सोमबारराति विराटनगरमा खुकुरी र रड प्रहार भएको छ ।

विराटनगर १५ घर भएका बस्नेतमाथि होटेलबाट खाजा खाएर गाडीमा घर जान लाग्दा विराटनगरको जनआन्दोलन चोकमा गुण्डागर्दीमा संलग्न समूहले राति ९ बजे खुकुरी हानेको युवा संघले जनाएको छ ।

बस्नेतको दुबै हात र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । नेकपा एमाले विराटनगर १५ का सदस्य समेत रहेका उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

अस्पतालले बस्नेतको अवस्था खतरामुक्त रहेको जनाएको छ । संघका कोसी अञ्चल अध्यक्ष रोहित कोइरालाले बस्नेतमाथि सांघातिक आक्रमण भएको जनाए ।

कोइरालाद्वारा जारी विज्ञप्तिमा अपराधिक पृष्ठभूमि भएकाले आक्रमण गरेको जनाइएको छ । विज्ञप्तिमा योजनाबद्ध रुपमा लुकेर बसेका समूहले नियोजित रुपमा आक्रमण गरेको जनाइएको छ ।

संघले दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न माग पनि गरेको छ । युथ फोर्स मोरङ प्रमुख पर्वतराज निरौलाले पनि विज्ञप्ति जारी गरेर घटनाको भत्सर्ना गरेका छन् । उनले विज्ञप्ति मार्फत् दोषीलाई तत्काल कारवाही नभए युथ फोर्सले दोषीमाथि कारवाही अघि बढाउने चेतावनी समेत दिए।

गुण्डागर्दी पृष्ठभूमि भएका विराटनगरका एलिश गुरुङको नेत्रृत्वमा रहेका सुनसरीको दुहवीका सुमन भट्टराई र विराटनगर १५ का रेगन कँडेल लगायत आठ÷दश जनाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापाका अनुसार घटनामा संलग्न कँडेललाई मंगलबार पक्राउ गरिएको छ । घटनामा संलग्न तीन जना बाहेक अन्यको नाम नखुलेको र फरार रहेकाहरुको खोजी तीव्र बनाइएको जानकारी थापाले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.