आईसीएफसीद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग

आईसीएफसीद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग

काठमाडौं: आईसीएफसी फाइनान्स लिमिटेडले धुरमुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेको छ।

गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पले तहस नहस पारेको सिन्धुपाल्चोक जिल्लास्थित गिरानचौरमा धुर्मुस सुन्तली फाउन्डेसनले सामूहिक घर निर्माण गरी भूकम्प पीडितलाई निःशुल्क घर हस्तान्तरण गर्ने कार्य गरिरहेका छन्।

उक्त सामाजिक कार्यलाई साथ दिन तथा प्रोत्साहित गर्नको निम्ति फाइनान्सले धुमस् सुन्तली फाउन्डेसनलाई पाँच लाख ५१ हजार एक सय एक रुपैयाँ सहयोग गरेको छ।

फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प र त्यसपछिका पराकम्पबाट तहस नहस भएका संरचनालाई सहयोग गरी पुनर्निर्माणमा चासो राखेको फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.