संविधान कार्यान्वयन हुनेमा रेग्मीको आशंका

संविधान कार्यान्वयन हुनेमा रेग्मीको आशंका

नुवाकोटः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान कार्यान्वयनप्रति आशंका व्यक्त गरेका छन् । रेग्मीले दलहरु संविधान कार्यान्वयनतर्फ नलागेकोमा उनले गम्भीर चिन्ता गरेका छन् ।

नुवाकोटको पुरानो सदरमुकाम क्षेत्र साततले दरवार राष्ट्रिय संग्रहालय परिसरमा मंगलवार आइपुगेका मन्त्रिपरिषदका पुर्व अध्यक्ष रेग्मीले देशका समस्या समाधानका लागि दलहरु एक पटक जुट्नुको कुनै विकल्प नरहेको पनि बताए ।

उनले अहिलेको प्रमुख प्राथमिकता नेपालको संविधान २०७२ को कार्यान्वयन रहेका कारण यसबाटै नेपाल र नेपाली जनताको विकास हुने पनि बताए ।

देशको वर्तमान समस्या नै नयाँ संविधानको कार्यान्वयन, विकास र समृद्धि रहेका कारण सरकार र मुख्य दलहरु यसतर्फ केन्द्रीत हुनुपर्ने पूर्व प्रधानन्यायाधीशसमेत रहेका रेग्मीले बताए ।

उनले संविधानको कार्यान्वयन गरी त्यहाँ उल्लेखित संघीयतालगायतका विषयहरुको पालना गरी जनतालाई विकासको बाटो देखाउनुपर्ने बताए ।

आफ्नो नेतृत्वमा गत २०७० साल मंसिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनले नै देशमा नयाँ संविधान २०७२ बनेको स्पष्ट पार्दै रेग्मीले संविधान कार्यायनको दिशामा दलहरुले हाल गरिरहेको विवादले आफूलाई खल्लो लागिरहेको बताए ।

तर, यो संसदको म्याद २०७४ साल माघ ७ गतेसम्म मात्र रहेकाले यसवीचमा संविधान कार्यान्वयन तथा संघीयता, प्रदेशलगायतको विविध विषयको सकारात्मक समाधान हुनेमा आफू आशावादी रहेको बताए ।

 

रेग्मीले देश संघीयतामा जाने निर्णय भइसकेको हुँदा संविधानमा उल्लेखित विषय अन्र्तगत रहेर विभिन्न राजनीतिक दल तथा सरकार चल्न जरुरी रहेको बताए । अहिलेको समय सरकार परिवर्तन भन्दा पनि संविधान कार्यान्वयन, स्थायी शान्ति तथा समृद्धि रहेको रेग्मीले बताए ।

संविधान कार्यान्वयनका सबैको सामूहिक उत्तरदायित्व भएका कारण यसका लागि लागि सत्ता पक्ष र प्रतिपक्षमा रहेका सबै दलहरु मिलेर व्यवहारिक र उपयोगी मार्ग पहिचान गरेर देशलाई सफल राष्ट्र बनाउनुपर्ने मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीको भनाई छ । विवादका कारण दलहरुले संविधान कार्यान्वयनमा ढिलाई गरेकोमा रेग्मीले असन्तुष्टि जनाएका छन् ।

रेग्मीले नेपाल विविध धर्मालम्वीहरुको देश भएपनि हिन्दु धर्मको उद्गम थलो र हिन्दु धर्म नेपालको चिनारी भएका कारण आफ्नो यस प्रतिको आस्था कायमै रहेको ठहर गर्दै रेग्मीले हिन्दु धर्म सनातन धर्म भएको बताए । उनले नेपालका पहिचान झल्कने धार्मिक सम्पदाहरुको संरक्षणका लागि सरकारले क्रियाशीलता अपनाउनुपर्ने बताए ।

परिवारसहित नुवाकोट आएका रेग्मीले मंगलवारै नुवाकोटको देवीघाटमा रहेको पृथ्वीस्मारकमा नागेश्वरी र श्रीखण्डको वृक्षरोपण गरेका छन् । उनले नुवाकोटको प्रसिद्ध भैरवी र जालपादेवी मन्दिरमा विशेष पुजापाठसमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.