केरौंजाका घाइतेको सेनाको हेलिकोप्टरद्वारा उद्धार

केरौंजाका घाइतेको सेनाको हेलिकोप्टरद्वारा उद्धार

शिवप्रसाद उप्रेती
गोरखाः केरौंजाको पहिरोमा परी घाइते भएका तीन जनालाई उद्धार गरिएको छ । केरौंजा ३ का सुकराम घले, टुंगे भनिने रामजीत गुरुङ र उकाल भनिने कृष्ण गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।

दिउँसो तीनबजेतिर हेलिकोप्टरबाट काठमाडौं पुर्याइएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए । ‘सेनाको हेलिकोप्टरबाट काठमाडौं पुर्याएर गृहमन्त्रालयको टिमले अस्पताल लगिसकेको भन्ने जानकारी आएको छ’ उनले भने ।

घाइते तीनै जनालाई माछाखोला स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौँ पठाइएको हो । घाइतेमध्य सुकरामको अबस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जनाए ।

 बिहान नौ बजेतिर केरौंजाबेशीबाट माछाखोला जाने बाटोको पहिरो पन्छ्याउने क्रममा माथिबाट आएको पहिरोले छ जनालाई पुरेको थियो ।

स्थानीय र माछाखोला चौकीबाट पुगेका प्रहरीको टोलीले तीन जनालाई जीवितै उद्धार गरेको थियो भने बाँकी तीन जनाको शव निकालेको थियो ।

डिएसपी थापाका अनुसार कान्छीमाया गुरुङ, चिनमाया गुरुङ र सन्देश घलेको पहिरोमा परी मृत्यु भएको छ । मृत्यू हुने सन्देश र सिकिस्त घाइते हुने सुकराम एकाघरका दाजुभाइ हुन् ।

घटनास्थल सदरमुकामबाट २२ कोश टाढा पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.