सडक खनिरहेको एक्साभेटरमा आगजनी

सडक खनिरहेको एक्साभेटरमा आगजनी

बझाङः चैनपुर–दिपायल सडक खण्डको थलारा क्षेत्रमा सडक खनिरहेको एक्साभेटरमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

पाराकाट्ने गाविस महेन्द्रधार ठिङ सडकखण्डमा चालकले साँझ सडकमा राखेर डेरामा सुत्न गएका बेला अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट एक्साभेटर पुर्णरुपमा क्षतिग्रस्त भएको छ भने सडकमै राखेको २२ ड्रम डिजेलमा पनि अज्ञात समहले आगो लगाउँदा नष्ट भएको छ ।

‘काम गरेर साँझ हामी डेरातर्फ आयौँ’, साइड ईन्चार्ज अर्जुन खड्काले भने, ‘विहान जाँदा मेसीनसहित सबै जलेर नष्ट भएको देखियो ।

एक्साभेटरमा आगजनी भएको खबर पाएपछि थलारा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको छ ।

सुदूरपश्चिम क्षेत्रीय सदरमुकाम दिपायल जोड्न एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा जिल्ला विकास समिति ग्रामिण पुर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (डिलिप) परियोजनाबाट गत वर्षदेखि खोली दंगाजी क्षेत्रमा सडक काट्ने काम भइरहेको छ ।

उक्त क्षेत्रमा द क्याराभान कन्ट्रक्सन निर्माण कम्पनीले ढुंगा भएको स्थानमा ठेक्का लिएर सडक काट्न मेसीनले काम गर्दै आएको थियो । एक्साभेटर र डिजेलसहित १ करोड २० लाख रुपैयाँ क्षति भएको साइड ईन्चार्ज खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले आगो लगाएको घटना शंकास्पद भएकाले ठाउँ ठाँउमा प्रहरी परिचालन गरेर खोजी भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.