अर्घाखाँची सिमेन्टको नयाँ योजना
काठमाडौं: अर्घाखाँची सिमेन्टले 'अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ' भन्ने क्याम्पेन सञ्चालनमा ल्याएको छ।
अत्याधुनिक जर्मनी प्रविधि, अटोरोटो प्याकेजिङ सिस्टम, सही तौल र गुणस्तरका साथै आफ्नै चुनढुंगा खानी भएको जानकारी गराई क्लोज सर्किट प्रविधि प्रयोग गरी वातावरण मैत्री उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ।
नयाँ क्याम्पेनको सुरु सिमेन्टका ब्रान्ड एम्बेसडर तथा प्रसिद्ध नेपाली कलाकार सुनिल थापाले 'अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त केही बोल्नै पर्दैन' भनेर गरेका छन्।
अर्घाखाँची ओपीसी सिमेन्टले हाल नेपाली बजारमा उपलब्ध भएका ओपीसी सिमेन्ट मध्ये सबैभन्दा गुणस्तरीय सिमेन्ट भएको दाबी गर्दै आफ्ना उपभोक्तालाई सही सिमेन्ट रोज्न र सुरक्षित भविष्यका लागि ध्यान दिन कम्पनीले सबैलाई सचेत पनि गराएको छ।