खतरामाथि पुगेपछि राप्तीमा साइरन बजाइयो

खतरामाथि पुगेपछि राप्तीमा साइरन बजाइयो

नेपालगन्जः पहाडी क्षेत्रमा परेको वर्षाका कारण राप्तीमा मंगलबार पानी सतह खतराको अवस्थामा पुगेको छ ।

पानीको सतह खतराको सूचक भन्दा माथि पुगेपछि प्रभावित क्षेत्रमा खतराको संकेतस्वरु साइरन बजाइएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।

उनले पानीको सतह बढेपछि प्रहरीमार्फत स्थानीयबासीलाई सुरक्षित स्थानको खोजी गर्न समेत आग्रह गरिएको बताए ।

कुशुममा रहेको बाढी मापन केन्द्रकागेज रिडर भद्र बहादुर थापाले दिउसो राप्तीमा पानी सतह ५ मिटर भन्दामाथि पुगेको जानकारी दिए ।

उनले मंगलबार विहानबाटै पानीको सहत बढ्न थालेको जानकारी दिए । उनले भने, ‘विहानबाटै पानी सतह बढ्दै गएको थियो । ११ बजेतिर ५.२ मिटर क्रस गरयो ।’

नदीमा पानीको सतह बढेपछि बाँकेको होलिया, फत्तेपुर, विनौना, बैजापुर, बेतहनी, गंगापुर, मटैया, कम्दी र महादेवपुरी गाविसका जनता साइरन बजाएर खतराको जानकारी गराएको छ ।

कुसुमबाट प्रभावित क्षेत्रमा बाढी पुग्न ५-६ घण्टा लाग्छ । प्रमुख जिल्ला अधिकारी पन्थले तत्काल दैवी प्रकोप उद्धार समितिको बैठक बसेर उच्च सर्तकता अपनाइएको बताए । प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको समेत उनले जानकारी दिए ।

उता होलियाका स्थानिय रामकुमार शुक्लाले पानी बढ्दै गएपछि अहिलेसम्म गाउँमा भने पानी नपसेको बताए । उनले साइरन बजाएपनि खतराको अवस्थामा आइन नसकेको बताए ।

भारतले अन्तर्राष्ट्रिय कानुन विपरित बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण पानीको प्राकृतिव बहाव रोक्दा बर्षेनी नेपाली भूमि डुबानमा पर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.