सात लाख तिर्न नसक्दा ‘नक्कली डाक्टर’ जेल पुगे

सात लाख तिर्न नसक्दा ‘नक्कली डाक्टर’ जेल पुगे

पोखरा (अन्नपूर्ण): नक्कली कागजातका आधारमा डक्टर बनेको आरोपमा पक्राउ परेका मेरीस्टोप सेन्टर पोखराका डा. महेश्वर राय यादव अदालतले मागेको धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् । उनीसँग कास्की अदालतले सोमबार ७ लाख धरौटी मागेको थियो ।

यादव असार ३ गते पोखराबाटै पक्राउ परेर काठमाडौं पु¥याइएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यादवलाई पक्रेको थियो ।

थप अनुसन्धानका लागि काठमाडौं अदालतमै पेस गरिएका उनलाई ठगी मुद्दा दायर गर्न भने कास्की ल्याइएको हो । उनीविरुद्ध सीअईबीले नै जिल्ला न्यायाधीवक्ता (सरकारी वकिल)को कार्यालयमार्फत कास्की अदालतमा आइतबार ठगी मुद्दा दर्ता गरेको थियो ।

सोमबार अबेर भएको थुनछेक बहसमा जिल्ला न्यायाधीश शेखर पौडेलको इजलासले धरौटी लिने आदेश गरेको हो । श्र्रेस्तेदार कृष्ण नेपालका अनुसार मागिएको धरौटी बुझाउन नसकेकैले यादव जेल चलान भएका हुन् ।

सोमबार कार्यालयसम्म पनि उनले धरौटी रकम बुझाउन सकेका थिएनन् । आइतबार आदेश हुँदा अबेर भएकाले भने यादव प्रहरी हिरासतमै थिए ।
७ लाख रुपैयाँ धरौटी या त्यस बराबरको जेथा दिन नसके जेल चलान गर्न आदेश न्यायाधीश पौडेलले आदेश गरेका थिए ।

मुलुकी ऐन ठगी महलको १ र २ नम्बर बमोजिम कसुरमा त्यही महलको ४ बमोजिम ५ वर्ष कैद र ५ लाख रुपैयाँ नगद जरिवाना वा दुवै सजाय माग दाबी सहित न्यायाधीवक्ताको कार्यालयले यादवविरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारपक्षीय यो मुद्दामा सहायक न्यायाधीवक्ता स्वतन्त्र न्यौपानेले बहस गरेका थिए भने यादवको पक्षबाट अधिवक्ता विनोद रेग्मी र हरिराज पोखरेलले पैरवी गरेका थिए ।

 

सर्लाही जिल्लाको वसन्तपुर—५ स्थायी घर भएका यादवले भारतको इन्टरमिडियट बोर्डबाट विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेको सीआईबीको अनुसन्धानबाट पत्ता लागेको थियो । चिकित्साशास्त्र अध्ययन नै नगरी नक्कली प्रमाणपत्रका भरमा डाक्टर बनेर ठगी गरेको भन्दै सीआईबीले पक्रेर मुद्दा चलाएको हो ।

पोखराबाट यादवसहित सीआईबीले देशभरबाट ३६ जनालाई नक्कली डाक्टरको आरोपमा गिरफ्तार गरेको थियो । सीआईबीले मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदसँग मिलेर संयुक्त रुपमा अनुसन्धान गरी नक्कली डाक्टरहरु पत्ता लगाएको थियो ।

डक्टर बनेर काम गरिरहेका उनीहरुले मेडिकल काउन्सिलबाट लाइसेन्स लिनुअघि पेस गरेको शैक्षिक प्रमाणपत्र सम्बिन्धित विश्वविद्यालयबाट पुष्टि गर्दा नक्कली सीआईबीले पत्ता लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.