गैंडाको चोरी शिकारमा संलग्न थारु पक्राउ
काठमाडौं: बर्दिया राष्ट्रिय निकुन्जभित्रका संरक्षित गैौंडाको चोरी शिकारमा संलग्न एकजना शिकारीलाई प्रहरीले सोमबार काठमाडौंको नैकाप बाट पक्राउ गरेको छ ।
गैंडाको चोरी शिकारमा संलग्न भएको अभियोगमा ६ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका बर्दिया घर भइ काठमाडौंको नैकपा बस्ने लक्षीराम थारुलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका थारुलाई आवश्यक कारवाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वारा बर्दियामा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।