साथी भगाएको आरोपमा किशोरीमाथि निर्घात कुटपिट

साथी भगाएको आरोपमा किशोरीमाथि निर्घात कुटपिट

जनकपुरधामः जनकपुर उपमहानगरपालिका १८ भोइल गाउँमा गैरदलितकी छोरी दलितका छोरासँग भागेपछि भगाउन सहयोग गरेको भन्दै एक किशोरीलाई निर्घात कुटपिट गरिएको छ ।

गैरदलित धानुक बहुसंख्यक र दलित खत्बे अल्पसंख्यक रुपमा बसोबास गर्दै आएको गाउँका रामअवतार मण्डलकी नातिनी कक्षा ७ मा पढ्ने छोटी मण्डल सोही गाउँका खत्बे जातिका केटोसँग विद्यालयबाटै सोमबार भागेपछि साथीमाथि निर्घात कुटपिट भएको हो ।

प्रेम सम्बन्धमा रहेको र परिवारले विवाहका लागि मञ्जुरी नदिने डरले उनीहरु भागेको स्थानीयले बताए । तर, साथी भगाउन सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत भनु मण्डल खत्बेकी छोरी १४ बर्षीया काजलले सहयोग गरेको भन्दै कुटपिट गरिएको हो ।

काजललाई साथी भगाएको भन्दै घरबाट निकालेर सार्वजनिक दलानमा लगेर निर्घाट कुटपित गरिएको छ । गाउँकै धानुक समुदायका जितेन मण्डल, नितेश मण्डल र रामह्दय पण्डित र सन्तोष मण्डलले घरबाट तानेर अरविन्द मण्डलको दलानमा लगि लात्ति र मुक्काले निर्घात कुटपिट गरेको काजलकी आमा भगवती मण्डलले बताइन् ।

भगवतीले श्रीमान घर नभएकाले गाउँका युवाले आफ्नी छोरीमाथि कुटपिट गरेको गुनासो गरिन् । भगवतीका श्रीमान् वैदेशिक रोजगारका लागि कतार पुगेका छन् ।

गाउँका युवाले मध्यरातमा समेत आमा छोरीलाई मार्ने धम्की दिएपछि छिमेकीको घरमा लुकेर ज्यान बचाएको भगवतीले बताइन् ।

सोमबार राती छिमेकमा लुकेर बसेर मंगलबार विहान घर पुग्दा पुन युवाले कुटपिट गरेका छन् । युवाले काजलका दुवै हात उल्टो पारेर रस्सीले बाँधेर भागेकी साथीको जानकारी नदिए मार्ने धम्की दिएको भगवतीले बताइन् ।

बाँधेर भागेका केटाकेटीको विषयमा जानकारी नदिए बाँच्न नदिने धम्की दिएको  पीडित किशोरीका कान्छो भाइ सन्तोष मण्डलले बताए ।

दिदीमाथि भएको दुव्र्यवहारको फोटो मोबाइलमा खिचेर कपिलेश्वर प्रहरी चौकीमा देखाउँदै मद्दत माग्दा प्रहरीले कुनै सुनुवाई नगरेको गुनासो सन्तोषले गरे । प्रहरीलाई उद्धृत गर्दै सन्तोषले भने, ‘कुटपिट भइरहेका फोटोहरु राम्ररी खिचेर ल्याऊ अनि मात्र दिदीलाई बचाउन जान्छौँ' भनेर प्रहरीले फर्काए ।

घटनाको विषयमा महिला अधिकारकर्मी मुन्नी दासलाई सोही गाउँका दलित युवाले फोन सम्पर्क गरी जानकारी गराएपछि उनले जिल्ला प्रहरी कार्यालय धनुषामा मौखिक उजुरी दिएको र त्यसपछि प्रहरीको टोलीले घटनास्थलमा पुगेर काजलको उद्दार गरेको छ ।

प्रहरी टोली गाउँ पुग्ने बित्तिकै कुटपिट गर्ने युवा फरार भएको अधिकारकर्मी दासले बताइन् । कुटपिटबाट अचेत भएकी काजलको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.