जन्मने बित्तिकै शिशुलाई कसले फाल्यो चौरीमा
धनुषाः धनुषा उपमहानगरपालिका १४ पिडारीको पछयारिया टोलको चौरीमा वेवारिसे अवस्थामा भर्खरै जन्मिएकी बालिका भेटिएकी छन्।
स्थानीय बासिन्दाले चौरीमा भर्खरै जन्मिएकी बालिका देखेपछि इलाका प्रहरी कार्यालय मुझेलियाको टोलीलाई खबर गरेका हुन्। स्थानीयले जानकारी गराएपछि प्रहरीले बालिकाको उद्धार गरेको छ।
प्रहरी टोलीले अन्दाजी दुई-चार दिनकी बालिकालाई उद्धार गरी उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याएको छ।
प्रहरीले बालिकाको पहिचानका लागि सहयोग गर्न सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ। प्रहरीले बालिका फालिनुको कारण कसैलाई थाहा भए जानकारी गराउन समेत आग्रह गरेको छ।
प्रहरीले गोप्य जानकारीका लागि टेलिफोन नम्बर समेत दिएको छ। ०४१५२४१०० र ९८५४०२६७७० नम्बरमा सम्पर्क गरेर सहयोग गर्न प्रहरीको आग्रहे छ ।