एसएलसीमा

एसएलसीमा

काठमाडौं: धादिङ जिल्लाको नौबीसे स्थायी घर भएका रविन्द्र रेग्मीको एसएलसीमा डि प्लसग्रेड आयो। सरकारले विभिन्न आमसञ्चारमाध्यममा डि प्लसग्रेड ल्याउनेले पनि उच्च शिक्षा पढ्न पाउने भन्ने सुनेर उनी काठमाडौंको एउटा प्राविधिक विषय पढाउने क्याम्पसमा बुझ्नको लागि भनेर गए।

त्यहाँ पुग्दा न त उनलाई क्याम्पस प्रशासनले पढ्न पाउछस् भनेर भर्ना लियो न त पाउँदैनस् भनेर अस्वीकार नै गरिदियो। सिटिईभिटिईको निर्देशन आएपछि खबर गर्ने भनेर पठाएपछि उनी अहिले दोधारमा बसिरहेका छन्।

सरकारले प्राविधिक विषयमा डि प्लसग्रेड आएकामले पनि पढ्न पाउने भनेर भनेपनि यस विषयमा स्पष्ट व्यवस्था के हो भन्ने थाहा नहुँदा एकातर्फ प्राविधिक विषय पढाउने क्याम्पसहरू नै अन्यौलता बोकेर बसिरहेका छन् भने अर्को तर्फ सबैभन्दा बढी समस्या यसले विद्यार्थीहरूमा पारिरहेको छ।

 केही समय अगाडि प्लसडी ग्रेड आउने विद्यार्थीले पनि प्राविधिक विषय पढ्न पाउने भनेर सबैमा खुशीको खबर सुनाएका थिए। तर, यस विषयमा मन्त्रालय आफैं स्पष्ट भने छैन।

 मन्त्रालयका प्रवक्ता हरि लम्सालले प्राविधिक विषयमा कस्ता विद्यार्थीलाई पढाउने तथा सिटिईभीटी अन्तर्गत रहेका क्याम्पसहरूले कस्ता विद्यार्थीलाई भर्ना लिने भन्ने विषयमा निर्णय गर्ने अधिकार सिटिईभिटी स्वयंलाई रहेको भन्दै मन्त्रालयले यस विषयमा निर्देशन दिईरहनु आवश्यक नरहेको बताउँछन्।

 तर मन्त्रालयले केही निर्देशन दिनु आवश्यक रहेको छैन भने डि प्लसग्रेड आएको विद्यार्थीले प्राविधिक विषय पढ्न पाउने भनेर आश्वासन दिनु नै मन्त्रीको कमजोरी रहेको विद्यार्थीहरूको आरोप रहेको छ।

 

तर सिटिईभिटीले भने आफूहरूले यस विषयमा स्पष्ट प्रावधान राखेकोले कोही पनि विद्यार्थी झुक्किनु पर्ने स्थिति नै नरहेको दाबी गर्छ।

सिटिईभिटीका सदस्य सचिव डा. रामहरि लामिछानेले गणित, अङ्ग्रेजी र विज्ञान विषयमा कम्तिमा सी ग्रड ल्याएर २ अंक भन्दा माथि ल्याउने विद्यार्थीले मात्रै प्राविधिक विषय पढ्न पाउने प्रावधान स्पष्ट रहेको बताएको छ।

'प्राविधिक विषय केही पनि नजान्नेले पढ्न पाउने भन्ने कुरा होईन।

गणित, अङ्ग्रेजी र विज्ञान विषयमा कम्तिमा सी ल्याएर दुई अंक भन्दा माथि ल्याउने विद्यार्थीले अन्य विषयमा जतिसुकै अंक ल्याएपनि पढ्न पाउँछन्।' उनले भने। 

आफूहरूले असार ७ गते गोरखापत्रमा सूचना जारी गरेर नै यो विषयमा सम्पूर्ण क्याम्पसहरूलाई निर्देशन दिईसकेकोले अब कुनै लिखित निर्देशनको आवश्यकता नरहेको उनको भनाई थियो।

तर, क्याम्पसहरू भने लिखित निर्देशन नआएकोकारण के गर्ने भन्नेमा आफूहरू अन्योलमा रहेको बताउने गर्छन्।

काठमाडौं इन्सिच्यूट अफ टेक्नोलोजीका निर्देशक सुनिल कुमार चालिसेले लिखित निर्देशन नआउँदा आफूहरू समस्यामा परेको गुनासो गरेका छन्।

 प्राविधिक विषय पढ्न पाउने भन्ने र नपाउने भन्ने हल्लाका बीचमा विद्यार्थीलाई कस्तो जवाफ दिएर फर्काउने भन्नेमा नै समस्या भएको उनको गुनासो थियो।

यसरी मन्त्रीले पर्याप्त तयारी विना नै बोलेको विषयले अहिले प्राविधिक क्षेत्र अध्ययन गर्ने र त्यसमा पनि विशेषगरी डी ग्रेड आउने विद्यार्थीहरूमा बढी अन्यौलता सिर्जना गर्ने काम गरेको भन्दै कतिपय क्याम्पस सञ्चालकहरूले समेत गुनासो गर्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.