कांग्रेस नेतालाई हिन्दू धर्मको पाठ पढाउँदै भारतीय नेता

कांग्रेस नेतालाई हिन्दू धर्मको पाठ पढाउँदै भारतीय नेता

काठमाडौँ: भारतीय जनता पार्टीका नेता भगतसिह कोसियारीले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुमुधुर बनाउनु पर्ने बताएका छन् ।

नेपाल–भारत प्रवुद्ध समुहका बैठकमा सहभागि हुन काठमाडौँ आएका कोसियारीले मंगलबार कांग्रेस तीन नेतासँग भेट गरेका छन् । पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता गोविन्दराज जोशीको निवास मण्डिखाटारमा भएको भेटमा अर्को नेता कूलबहादुर गुरुङ र विनयध्वज चन्द पनि सहभागि थिए ।

भेटमा कोसियारीले नेपाल र भारतबीच हिन्दुहरुको पवित्र मन्दिरहरु चार धाम समेत दुवै देशमा भएकाले पनि जनस्तरमै सम्बन्ध बलियो बनाउनु पर्ने बताएका थिए ।

‘हिन्दुहरुको चार धाममा पुशपति नाथ नेपालमा छ, यस्तो सम्बन्ध भएका हामी दुई मुलुकबीच बलियो र प्रगाण सम्बन्ध हुनुपर्छ’ कोसियारीको भनाइ उदृत गर्दै जोशीले अन्नपूर्णसँग भने ।

कोसियारीले कांग्रेसभित्र पूर्ण एकता कायम गरेर नेपालको समृद्धिको नेतृत्व गर्न सक्ने धारणा पनि उक्त भेटमा राखेका थिए । ‘कांग्रेसभित्र एकता कामय भएर मुलुकको समग्र विकासमा अघि बढ्दा राम्रो हुने उहाँको सुझाव थियो’ जोशीले भने ।

जोशी निवासमा भएको मिटिङमा कोसियारीले हिन्दु राष्ट्रको महत्वका विषयमा पनि धारणा राखेका थिए । उनले सिधै हिन्दु राज्य कायम गर्नुपर्ने नभने पनि हिन्दु राज्यको महत्वमा लामै व्याख्या गरेको बताइएको छ ।

पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा केही चिसोपना आएका बेला भारतीय जनता पार्टीले प्रत्येक्ष र अप्रत्येक्ष रुपमा नेपालको धारणा बुझ्न थालेको छ । भारतीय सरकारको नाकाबन्दीले विग्रिएको सम्बन्धमा विजेपी सुधार गर्न इच्छुक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.