१५ चिकित्सकको निगरानीमा कांग्रेस महामन्त्री कोइराला

१५ चिकित्सकको निगरानीमा कांग्रेस महामन्त्री कोइराला

काठमाडौँः ओम अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

कोइरालालाई हृदयाघातको आशङ्का गरिए पनि परीक्षणका क्रममा हृदयाघात नभएको तर फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले जानकारी दिए ।

चिकित्सकका अनुसारको अहिले उनको रक्तचापको अवस्था ९०-६० रहेको छ ।

पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उनलाई अहिले तीन किसिमका औषधि दिइएको छ भने शरीरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको डाक्टर जोशीले बताए ।

डा. जोशीले भने, ‘उहाँको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिएको छ । अवस्था गम्भीर छ ।’

डा कोइरालाको उपचारमा डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. युएन पाठक, डा. लवजोशी, डा. श्याम महर्जन, डा. सुवास आचार्य, डा. महेश भट्टराई, डा.रवीन्द्र श्रेष्ठ, डा. रावल पाठक, डा. पिके क्षेत्री, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको अस्पतालले जनाएको छ ।

डा.कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजाने तयारी भए पनि शरीरको अवस्था स्थिर नरहेका कारण तत्काल सम्भव नभएका कारण लैजान नसकिएको पनि अस्पतालले जनाएको छ ।

महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्था जानकारी लिन अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शीर्ष नेता पुगेका छन् ।

प्रधानमन्त्री ओलीले कोइरालाको उपचारमा कुनै कमी हुन नदिन चिकित्सक एवम् अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.