लुम्बिनी बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं: लुम्बिनी बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवाका लागि सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत चंखु क्षेत्रीले मंगलबार हस्ताक्षर गरेका छन्।
यस सेवामार्फत ग्राहकले निर्जीवन बिमा सेवा सुलभ र छरितो रूपमा बैंकका सम्पूर्ण शाखाबाट उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।