कर छली मुद्दामा मेसीलाई २१ महिना जेल
एजेन्सीः विश्व फुटबलका स्टार अर्जेन्टिनाका स्टार लियोनल मेसीलाई कर छलिको मुद्दामा २१ महिनाका लागि जेल पठाइएको छ। बार्सिलोनाका स्ट्राइकर मेसीलाई कर छलीको मुद्दामा उनका पितासहित २१ महिनाको लागि जेल पठाउने फैसला भएको हो ।
मेसी र उनका पिताले आर्थिक कारोबार गर्दा सन् २००७ र २००९ को बीचमा ४५ लाख डलर कर छली गरेको आरोप लागेको थियो ।
बिबिसीले मेसीलाई २१ महिनाको जेल सजायको फैसला भएको बताएको छ ।
मेसी र उनका बुबामाथि दुई वर्षको अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ ।
मेसी र उनका पितामाथि कपिराइटबाट आएको पैसा कर छलेर विभिन्न ठाउँमा जम्मा गरेको आरोप छ । बयानका क्रममा भने मेसीले आरोप बारे आफूलाई केही जानकारी नभएको बताएका थिए ।
मेसीले यो फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने छन् ।
अदालतले मेसीलाई २१ महिनाको जेल सजाय सुनाएको भए पनि स्पेनको कानुन अनुसार दुई वर्षभन्दा कम समयको जेल सजाय पाएका अभियुक्तले जेलमा बस्नु पर्दैन् ।
दुई वर्षभन्दा कम जेल सजाय पाएका अभियुक्तले त्यहाँको प्रशासनको निगरानीमा जेल भुक्तान गर्न पाउने गर्दछन् ।