दलाई लामाको जन्मोत्सवमा हस्तक्षेप

दलाई लामाको जन्मोत्सवमा हस्तक्षेप

काठमाडौं: नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमतिबेगर जन्मोत्सव मनाएको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलिएको छ ।

प्रहरी हस्तक्षेपपछि बौद्धस्थित स्रोङचेन आवासीय विद्यालय परिसरमा लामाको ८१ औं जन्मदिन मनाउन बुधबार भेला भएका झन्डै तीन हजार समर्थक आक्रोशित हुँदै फर्किएका छन् । बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई प्रहरीले पक्राउ गरेको थियो ।

लामाका समर्थकले उक्त विद्यालय परिसरमा स्टेज बनाई सांस्कृतिकलगायत विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले अनुमतिबिना कार्यक्रम गरेकाले रोक्न निर्देशन दिएको बताए । ‘प्रशासनले उनीहरूलाई कार्यक्रम गर्ने अनुमति दिएको छैन', सुवेदीले अन्नपूर्णसँग भने, ‘दलाई लामाको जन्मोत्सव मनाउन कसरी अनुमति दिन मिल्छ ? जबरजस्ती गर्न खोजेपछि हामीले रोक लगाएका हौं ।'

‘गृह मन्त्रालयले कुनै पनि हालतमा कार्यक्रम गर्न नदिनु भनी निर्देशन दिएको थियो, हामीले गृहको निर्देशनबमोजिम काम गरेका हौं', प्रहरीका एक एआईजीले भने ।

 

जिल्ला प्रशासनले अनुमति नदिएपछि मंगलबारदेखि नै प्रहरीले सम्भावित कार्यक्रम स्थलको निगरानी गरेको स्रोतले बताएको छ । प्रहरी बुधबार बिहानै कार्यक्रमस्थल पुगेको थियो । दलाई लामाका अनुयायीलाई प्रहरीले कार्यक्रम नगर्न भनेपछि कहीबेर विद्यालय परिसर तनावग्रस्त भएको बनेको थियो ।

नेपालस्थित दलाई लामाका मुख्य प्रतिनिधि ताम्दिङदोर्जे तुलाधरले प्रजातन्त्र र मानवअधिकारीप्रति उदार नेपालमा शान्तिपूर्ण कार्यक्रम गर्न नपाउनु दुःखद र आपत्तिजनक भएको टिप्पणी गरे । कसैको इसारामा गृहमन्त्री शक्ति बस्नेतको ठाडो आदेशमा कार्यक्रममा रोक लगाएको आरोप लगाउँदै तुलाधरले भने, ‘अनुयायीहरू कार्यक्रममा उपस्थित भइसकेका बेला कार्यक्रम रोक्नु अमानवीय र मानवअधिकारको चरम उल्लंघन हो ।'

तुलाधरले प्रहरी हस्तक्षेपका बीच छोटो पूजा गरेर कार्यक्रम सकेको बताए । मानवअधिकारकर्मी कपिल श्रेष्ठले शान्तिपूर्ण कार्यक्रम गर्न नदिएर सरकारले मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाए । कार्यक्रम रोक्न निर्देशन आएलगत्तै आफूले प्रधानमन्त्रीका एकजना सल्लाहकारसँग कुरा गर्दा उनले घटनाबारे आफू र प्रधानमन्त्री स्वयं अनभिज्ञ रहेको जानकारी गराएको श्रेष्ठले भने ।

एसिया प्यासेफिक रेफ्युजी राइट्स नेटवर्कका अध्यक्ष डा. गोपाकृष्ण शिवाकोटीले लामाका समर्थकहरूको धार्मिक आस्थामा चोट पुग्ने गरी हस्तक्षेप गरिएको घटना निन्दनीय रहेको बताए । उनले भने, ‘प्रशासनलाई खबर गरेर लाखौं रुपैयाँ खर्च गरी शान्तिपूर्ण रूपमा भेला भएका दलाई लामाका समर्थकमाथि हस्तक्षेप गर्नु सांस्कृतिक अधिकारविपरीतको घटना हो ।'

दलाई लामाका अनुयायीहरूले शान्तिपूर्ण कार्यक्रम रोक लगाइएको घटनाको भत्र्सना गरेका छन् । दीप प्रज्वलनका लागि आएकी छिमी शेर्पाले राजा हटाएपछि आफूहरू हेपिएको बताइन् । ‘राजा हुँदा आफू र आफ्नो अधिकार सम्मानित थियो,' उनले भनिन् । अर्की अनुयायी छिरिङले दलाई लामाको दीर्घायुको कामना गर्दै बत्ती बाल्न नपाउनु दुःखद भएको टिप्पणी गरिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.