कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य सुधारोन्मुख

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।


चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारको तुलनामा सुधार हुँदै गएको छ ।

कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन अस्पतालमा आयोजित पत्रकारसम्मेलनमा डा लव जोशीले महामन्त्री कोइरालाले आँखा खोल्ने, चिन्नुभयो भन्दा टाउको हल्लाउने गरेको बताए ।

आवश्यक थोरै औषधिका साथ भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने जानकारी गराउँदै डा जोशीले यही अवस्था रहिरहे एक–दुई दिनमा पुनः स्वस्थ अवस्थामा फर्कन सक्ने बताए ।

डा जोशीले यही अवस्थामा स्वास्थ्य सुधार हुँदै गए बिहीबार साँझसम्ममा भेन्टिलेटरबाट बाहिर निकाल्न सकिने बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.