महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार

महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार

काठमाडौँ: कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा प्रयाप्त सुधारका संकेत देखिएका छन्।

चावहिलस्थित ओम अस्पतालमा मंगलबार रातीदेखि उपचाररार्थ डा. कोइरालाको स्वास्थ्यमा सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा. कोइरालाको रक्तचापमा सुधार आउनुका साथै चेतना स्तरमा समेत वृद्धि भएको छ । सुधारका संकेत देखिएसँगै चिकित्सकले औषधिको मात्रा घटाउदै लगेका छन् । कोइरालाको स्वासप्रश्वास सहजता आउन थालेको छ भने मिर्गौलाको काम समेत बढेको छ ।

फोक्सोले केही काम गर्न थालेपछि भेन्टिलेटरको भोलुम कम गरेको उपचारको नेतृत्व गरेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. लभ नरसिंह जोशीले अन्नपूर्णसँग बताए ।

‘कोइरालाको यही अवस्थालाई हामीले कायम राख्न सक्यौँ र हामीले थालेका उपचारका विधि सफल भएमा पक्कै पनि उहाँको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आउने छ,' डा जोशीले भने, ‘त्यसका लागि सबै विशेषज्ञ चिकित्सज्ञ निरन्तर लागिपर्नुभएको छ ।'

बिहीबार अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार  कोइरालाले सांकेतिक भाषा समेत बुझ्न थालेका छन् । भने उनले आफन्तलाई चिन्न समेत थालेका छन् । 

पेट दुःखाइ, खोकी र स्वासप्रश्वासमा असहज भएपछि अस्पताल भर्ना भएका कोइरालाले मंगलबार राती सुतिरहेका बेला अचानक वान्ता गर्दा सर्किदा तरल पदार्थ फोक्सोमा पुग्दा उनको स्वास्थ्य अवस्था जटि बनेको थियो ।

चिकित्सकले उनको स्वास्थ्य अवस्थालाई मल्टिअर्गान डिस्फङसनका रुपमा लिएका छन् । कोइरालाको स्वास्थ्यमा सुधारका संकेत देखिए पनि अझै उनको स्वास्थ्य अवस्था खतरामुक्त भने नरहेको चिकित्सकले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.