घुस रकमसहित शाखा अधिकृत पक्राउ

घुस रकमसहित शाखा अधिकृत पक्राउ

दमकः घुस रकमसहित एक सरकारी अधिकृतलाई बिहीबार दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ ।

एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

खनालले सेवाग्राहीबाट एक लाख घुस लिएको आरोप छ । तर, अनुसन्धान अधिकारीहरुले भने सेवाग्राहीको नाम र सेवाका बारेमा खुलाउन चाहेको छैन ।

चन्द्रगढी दरबन्दी भएका उनले सेवाग्राहीको कामबापतको अवैध घुस रकम दमक–१० स्थित गोर्खा डिपार्टमेन्ट स्टोर्समा लिँदै गर्दा पक्राउ परेका अख्तियारका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले बताए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.