सद्भावको प्रतिक बन्दै इद

सद्भावको प्रतिक बन्दै इद

सुरेन्द्र काफ्ले
नेपालगन्जः बाँकेका मुस्लिम धर्मावलम्बीले इद-उल-फित्र (इद) धुमधामका साथ मनाएका छन्। नेपालगन्ज बीपी चोकस्थित इदगाहामा आएर बाँकेका मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेर शुभकामना आदान प्रदान गरेका छन्। मुस्लिम धर्मावलम्बीलाई ईदको शुभकामना दिन अन्य धर्मावलम्बी इदगाह पुगेका थिए।

मुस्लिम धर्मावलम्बीले नमाज सँगै सामाजिक, धार्मिक सद्भाव र भाइचाराको कामना समेत गरेको मुस्लिम धर्म गुरु मौलाना जब्बार मन्जरीले बताए। उनले नेपालको संविधानले मुस्लिम धर्मावलम्बीलाई दिएकार अधिकार कार्यान्वयन होस् भन्ने कामना समेत मुस्लिम धर्मावलम्बीले गरेको बताए।

नेपालगन्ज बिपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढेका मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेता, सुरक्षाकर्मी, व्यापारी, उद्योगी, पत्रकार लगायत इदगाह पुगेर शुभकामना दिए।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, अञ्चल प्रहरी कार्यालय भेरीको प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्यात, बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राई, राप्रपा नेपालका बरिष्ठ उपाध्यक्ष डा. धवल शम्शेर राणा, माओवादी केन्द्रका केन्द्रीय सदस्य दामोदर आचार्य, एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ लगायत राजनीतिक दलका नेता इदगाह गएर शुभकामना दिनुका साथै खुसी साटासाट गरे।

इदका अवसरमा नमाज पढेर सकिएपछि शुभकामना आदान प्रदान गरेर मुस्लिम धर्मावलम्बीले बिहीबार आ-आफ्नो दक्ष अनुसार नयाँ लुगा लगाउनुका साथै मिठो मसिनो परिकार खाएर इद पर्वलाई विशेष बनाएका छन्।

शुभकामना आदान प्रदान पछि आफ्नो घरमा बनाइएका परिकार अन्य परिवारका सदस्यलाई समेत बाँडेर खुवाइएको पत्रकार एवम् मुस्लिम अगुवा मोहम्मद हारुन हलवाइले बताए। उनले भने, ‘बिगतको भन्दा यसपाली सामुहिक नमाज पढ्नेको संख्या बढेको देखियो, यसपाली हर्षोउल्लास पनि देखियो।' एक महिना लामो रमजान महिना रोजा बसेर पछि इद मनाइने गरेको छ। अरबी पात्रोको नवौ महिना रमजानमा कठोर ब्रत(रोजा) बस्ने र अर्को महिनाका सुरुको दिन चन्द्रमाको दर्शन गरेपछि   इद मनाइने गरेको छ। इदको दिन विशेष गरेर  सेवई भन्ने परिकार बनाएर खाने र अरुलाई खुवाउने चलन रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.