'कोइरालाको स्वास्थ्यमा सुधार तर खतरा टरेको छैन'

'कोइरालाको स्वास्थ्यमा सुधार तर खतरा टरेको छैन'

काठमाडौँ: कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यमा क्रमशः सुधार आएपछि बिहीबार दिउँसो ३ बजेपछि कोइरालालाई भेन्टिलेटरबाट निकालेर सघन उपचार कक्ष (आइसियू) मा राखिएको छ ।

कोइरालालाई अक्सिजन भने दिइराखिएको छ  । संक्रमणबाट जोगाउन कसैलाई भेटघाट गर्न समेत चिकित्सकले अनुमति दिएका छैनन् ।

कोइरालाको स्वास्थ्य अवस्थाबारे बिहीबार साँझ पत्रकार सम्मेलन जानकारी दिदै  उपचारमा संलग्न चिकित्सक डा लब जोशीले भने, ‘अहिले उहाँ आफै श्वास लिइरहुनभएको छ र पूर्ण होसको अवस्थामा हुनुहुन्छ ।'

महामन्त्री कोइरालालाई कुनै सङ्क्रमण नहोस् भनेर अस्पतालले आइसियूभित्र चिकित्सकबाहेक अन्यलाई जान बन्देज लगाएको छ ।

मङ्गलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा कोइराला ओम अस्पतालमा भर्ना भएका हुन् ।

बिहीबार अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार  कोइरालाले सांकेतिक भाषा समेत बुझ्न थालेका छन् भने आफन्तलाई चिन्न समेत थालेका छन्।

मंगलबार राती सुतिरहेका बेला अचानक वान्ता गर्दा सर्किएपछि तरल पदार्थ फोक्सोमा पुग्दा उनको स्वास्थ्य अवस्था जटिल बनेको हो ।

चिकित्सकले उनको स्वास्थ्य अवस्थालाई मल्टिअर्गान डिस्फङसनका रुपमा लिएका छन्।

कोइरालाको स्वास्थ्यमा सुधारका संकेत देखिए पनि अझै उनको स्वास्थ्य अवस्था खतरामुक्त भने भन्न नसकिने चिकित्सकको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.