मुस्लिम महिलाद्वारा हिन्दुलाई दागबत्ती

मुस्लिम महिलाद्वारा हिन्दुलाई दागबत्ती

हैदराबाद: भारतको तेलंगाना राज्यको वारंगल जिल्लामा एक मुस्लिम महिलाले हिन्दु वृद्धको शवमा दागबत्ती दिएकी छन् ।

वारंगलको एक वृद्धाश्रममा रहेका हिन्दु धर्मावलम्बी वृद्ध बितेपछि ती मुस्लिम महिलाले उनको अन्तिम संस्कार गरेकी हुन् ।

ती वृद्धका छोराले हिन्दु धर्म त्यागेर क्रिस्चियन धर्म अँगालेका थिए । क्रिस्चियन बनेपछि उनको परिवारले ती वृद्ध बाबुलाई उपेक्षा गरेको थियो ।

उनीहरूले घरबाटै निकालिदिएका थिए । याकुब बी नामक मुस्लिम महिलाले श्रीमान्का साथ मिलेर वृद्धाश्रम सञ्चालन गरेकी छन् ।

परिवारले छोडेपछि कयौं वर्षसम्म सिलाइबुनाइको काम गर्दै आएका के. श्रीनिवासको गत मंगलबार राति निधन भएको थियो । सत्तरी वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

उनको सन्तानले बाबुको अन्त्येष्टि नगर्ने भएपछि याकुब बीले सबै धार्मिक रीतिरिवाज पूरा गरी श्रीनिवासको अन्तिम संस्कार गरेकी हुन् ।

श्रीनिवास करिब २ वर्षअघि एक बस स्टपमा फेला परेका थिए । उनले वृद्धाश्रम सञ्चालन गर्दै आएकी याकुबसँग आफूलाई परिवारले तिरस्कार गरेको बताएका थिए ।

श्रीनिवासको मृत्यु भएपछि याकुबले उनका छोरालाई बाबुको मृत्यु भएको जानकारी दिएर बोलाएकी थिइन् । मृतकका छोरा वृद्धाश्रममा त आए तर बाबुको अन्त्येष्टि नगर्ने बताए । आफू हिन्दु धर्म छोडेर क्रिस्चियन धर्मावलम्बी भइसकेको र आफ्ना बाबु हिन्दु भएकाले उनको किरिया कर्म नगर्ने बताए ।

आफूलाई जन्म दिएका बाबुको अन्त्येष्टि समेत नगर्ने छोराको भनाइले याकुब चकित भइन् । आफ्ना बाबु समानका सँगै बस्दै आएका व्यक्तिको शव अलपत्र हुन दिन उनले उचित मानिन् ।

छोराले उपेक्षा गरे पनि आफ्नो वृद्धाश्रममा बसेका व्यक्तिको शवको अन्त्येष्टि गर्ने निर्णय गरिन् । याकुबले श्रीनिवासका सन्तानले गर्नुपर्ने कर्तव्य गर्दै हिन्दुका धार्मिक विधि पूरा गरी दागबत्ती दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.