चट्याङ लागेर रुपन्देहीमा दुईको मृत्यु, दुई घाइते
रुपन्दैहीः रुपन्देहीको मैनहियामा चट्याङ लागेर दुईको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मैनहिया चार अमारीकी ४४ वर्षकी सुमवती धवल र उनका २० वर्षका छोरा रामकेश धवलको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो । उनीहरु खेतमा काम गरिरहेका थिए ।
चट्याङले लागेर अमारीकै ६५ वर्षकी सुनमती भर, १९ वर्षका प्रदीप धवल घाइते भएका छन् । घाइते दुवैको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य छ ।
बिहीबार साँझ साढे ६ बजेको समयमा खेतमा काम गरिरहेका बेला चट्याङ परेको थियो ।
मृतकको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल भिम अस्पतालमा पुर्याइएको छ ।