कानुन आयोगको हैसियत

कानुन आयोगको हैसियत

कानुन आयोग संविधानवादको सिद्धान्तअनुरूप तयार हुने विभिन्न कानुनका मस्यौदाहरू निर्माणसँगै ऐनको परिधिमा रही कानुनको तर्जुमा र संहिताकरण, कानुनको संशोधन अनि न्याय प्रणालीमा आवश्यक सुधार र विस्तारमा सरकारलाई मार्गनिर्देशन गर्ने अभिप्रायले गठन गरिन्छ ।

अहिले मुलुकमा संविधानले निर्दिष्ट गरेअनुसार यी दायित्व सम्बन्धित निकायले पूरा गर्न पाउने अवस्था छैन । कानुनको मस्यौदा निर्माण त विभिन्न एनजीओ र उनका दाता संस्थाले केही प्रशासनिक पदाधिकारीहरूसँगको मिलोमतोबाट गर्ने गर्छन् । वास्तवमा संसद्ले समेत यो विषयलाई खासै जिम्मेवारीका साथ हेरेको देखिँदैन । अर्थात् कानुन निर्माणमा जनताका कानुन आयोगको भूमिका दाता र सरोकारवाला एजनजीओ तथा उनीहरूद्वारा समर्थित कर्मचारीहरूका हातमा गएको छ, केही अपवाद छोडेर ।

कानुन आयोगका अध्यक्ष उमेशचन्द्र झाले सरकारले दायित्व निर्वाहमा सहयोग नपुर्‌याएको भन्दै कानुनमन्त्री अग्नि खरेलमार्फत आफ्नो कार्यकाल पूरा हुनु ६ महिनापूर्व राजीनामा गरेका छन् । यसअघि उपाध्यक्ष प्रचण्डराज प्रधानले त्यही कारण राजीनामा गरेका थिए । झाको राजीनामालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ, तर यसले वर्तमान सरकार संवैधानिक संस्थाहरूको भूमिकालाई निषेष गर्न किन उद्यत् छ भन्ने प्रश्नको उत्तर दिँदैन । त्यस्तो असहयोग र निषेधको व्यवहार कुनै पनि सरकारले प्रदर्शन गरेमा त्यो आपत्तिजनक मानिनुपर्छ ।

कानुन आयोगको अस्तित्व कर्मकाण्ड पूर्ति या सरकारको आदेश पालनाको लागि मात्र व्यवस्थित गरिएको हैन, संविधानमा । संविधानको ध्येय, उद्देश्य र मर्मअनुरूप अनि संसद्मा व्यक्त चासो र चिन्तालाई ध्यानमा राख्दै कानुन निर्माण तथा न्यायिक प्रबन्धमा सक्रिय, सकारात्मक र नीतिसंगत भूमिका खेल्ने अपेक्षा गरिन्छ उसबाट ।

 

उमेशचन्द्र झाको राजीनामाले वर्तमान कानुनमन्त्रीको रबैया या असहयोगले आयोगको काममा बाधा पुगेको या ऊ निष्क्रिय बन्न बाध्य भएको सन्देश गएको छ । के कानुन आयोगमा समेत आफू अनुकूलका व्यक्ति ल्याएर आफूअनुकूल कानुन निर्माण गर्ने चाहना सरकारको हो एकातिर सर्वोच्च अदालतमा दलीयताको ग्रहण र अर्कोतिर कानुनको वजन र वैधानिकताबारे सुनिश्चित गर्ने निकायको अवमूल्यनले कानुनी राज्यको सिद्धान्तको उपहास मात्र गर्छ ।

कानुन आयोगको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश भइसकेका या त्यस्तो क्षमता र चरित्र राख्ने व्यक्ति नियुक्त हुन्छ । त्यस्ता व्यक्तिलाई उपेक्षा र असहयोग गर्दा सायदै उनीहरू त्यो पदमा रहिरहन चाहँदैनन् । त्यस अर्थमा झाले अपेक्षित र मर्यादित प्रतिक्रिया दिए या कदम उठाए । तर के कानुन निर्माण या संहिताकरण आदि विषयलाई अब ‘आउट सोर्स' गर्ने नै सरकारको चाहना हो त ? यो स्वीकार्य हुँदैन । कम से कम संसद्ले यो विषयमा गम्भीर छलफल गरी कानुन आयोगको अध्यक्ष र उपाध्यक्षको राजीनामाप्रति सरकारलाई जवाफदेही बनाउन सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.