बेच्न राखिएको मासुमा मन्त्रीले किरैकिरा देखेपछि...

बेच्न राखिएको मासुमा मन्त्रीले किरैकिरा देखेपछि...

काठमाडौँः आपूर्तिमन्त्री गणेशमान पुनले अनुगमनका क्रममा बेच्न राखिएको मासुमा किरैकिरा देखेपछि मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् ।

आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतको टोलीले शुक्रबार गरेको स्थलगत अनुगमनको क्रममा सतुङगलको ‘मोज मिट' नाम गरेको बधशालामा बेच्न लागिएको मासुमा किरा भेटेपछि सबै मासु पसलको नियमित अनुगमन आवश्यक रहेको पुनले बताए ।

मन्त्री पुनले अनुगमनपछि सञ्चारकर्मीसँग भने, ‘उपभोक्तालाई असर पुग्ने कुनै पनि सामग्री बिक्री वितरण गर्ने अधिकार कसैलाई छैन, यदी त्यसो गरेमा कानुनअनुसार कडा कारबाही हुन्छ ।'

उक्त बधशालामा अव्यवस्थित रुपमा मासु काट्ने स्थान र मासु काट्दा निस्कने फोहोर यत्रतत्र छरिएर राखिएको हुँदा मासु पसललाई सिलबन्दी गरिने तयारी गरिएको छ ।

तत्काल सिलबन्दी गर्दा उक्त बधशालामा रहेको मासु र मासुबाट निस्कने फोहोरले स्थानीयवासीलाई थप असर पुग्ने हुँदा सञ्चालकलाई सफा गर्ने समय दिएको छ ।

सफा गरेपछि शुक्रबार साँझसम्ममा उक्त मासु पसल सिलबन्दी गर्ने विभागका शाखा अधिकृत लालबहादुर बुढाथोकीले बताए ।

अनुगमन टोलीले शुक्रबार नै कालिमाटीको माछा पसल र टेकुमा रहेको केही मासु पसलको पनि अनुगमन गरेको छ । उक्त सथानमा भने खासै समस्या देखिएन।

झन्डै चार दिनदेखि आपूर्ति व्यवस्था विभागसहितको टोलीले नियमित रुपमा अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पहिलो दिन तरकारी, दोस्रो दिन पानी, तेस्रो दिन क्लिनिक र आज चौँथो दिन मासुको स्थलगत गनुगमन गरेको हो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.