'देश विकासका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ'

'देश विकासका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ'

विराटनगरः नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले देश विकासका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भटा्टराईले भने, विकास निर्माण र आर्थिक समृद्धिका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक छ।'

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मुलुकमा राजनीतिक स्थिरता कायम नभएसम्म विकास निर्माण र आर्थिक समृद्धि सम्भव  नहुने समेत बताए।

उनले मुलुकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा समेत जोड दिएका छन्।

भट्टराईले भने, ‘मधेसी र थारुले उठाएका सीमाङ्कनको मागलाई समाधान गरेर मुलुकमा राजनीतिक स्थिरता कायम भएपछि मात्र निर्वाचन गराउनु उपयुक्त हुन्छ।'

संविधान संशोधन गरेर मधेसको समस्या समाधान गर्नुपर्ने विषयमा जोड दिँदै उनले संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा अब संविधानको पुनःलेखन असम्भव रहेको स्पष्ट पारे।

मधेसको समस्या समाधान नगरी स्थानीय निकाय, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन हुन नसक्ने भएकाले संविधान संशोधन गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.