नेपाली मालिकतामा 'चुलोचाको'

नेपाली मालिकतामा 'चुलोचाको'

नामै ठेट नेपाली 'चुलोचौको'। सञ्चालक मनोजकुमार गुरुङको सपना छ यसलाई आगन्तुकको आफ्नै चुलोचौको बताउने। अहिले पनि बजारमा नेपाली थालीका नाममा खाना बेचिन्छ।

गुरुङ भन्छन्, 'साँच्चैको नेपाली दाल, भातको स्वाद चुलोचौकोमा पस्कन्छौं।' रातोपुलदेखि ज्ञानेश्वर जाने उकालो नपुग्दै आकर्षक शैलीमा पाहुनाको स्वागतमा व्यस्त देखिन्छ 'चुलोचौको रेस्टुराँ।

नेपाली स्वादलाई नेपालीपनमै पस्कनुमात्रै यसको विशेषता होइन। विदेशी स्वादलाई आधुनिक ढाँचामा आकर्षक शैलीले आम पाहुनाका लागि पस्कनु आफूहरूको खास उद्देश्य भएको अर्का सञ्चालक अभिनीत मल्लले बताए।

नेपालमा फुड हस्पिटालिटी कल्चरको उत्तम नमुना पस्कन मन लागेर मल्ल अमेरिकाको पढाइमा पूर्णविराम लगाउँदै नेपाल फर्किएका हुन्। सकुन्जेल र पाखुरामा बल हुन्जेर विदेशमा नङ्ग्रा खियाउन उत्तम नलागेपछि गुरुङ पनि बेलायतको १५ वर्षे बसाइको बिट मार्दै नेपाल फिरे। दुवैजनाको भेट भयो, सोच अनि मन मिल्यो। अनि उनीहरूले हस्पिटालिटीमार्फत नयाँपन पस्कन 'चुलोचौको'को सुरुवात गरे।

सञ्चालक गुरुङले बेलायतमा रहँदा १२ वर्ष हस्पिटालिटी क्षेत्रमा विताए। त्यही अनुभव र योग्यताको भरपूर उपयोग गरेर उनले चुलोचौकोको परिकल्पना गरेका हुन्।

'

हुने खानेले आधुनिक र हाइजेनिक परिकारको स्वाद लिन दरबारमार्ग, झम्सिखेल र ठमेल जाने', गुरुङले भने, 'सामान्य वर्गको पनि नयाँ र स्तरीय स्वाद लिने रहर हुन्छ नि !' उनले त्यही रहर मैतीदेवीमै पूरा गर्न विश्वस्तरको मापदण्डमा चुलोचौको सञ्चालनमा ल्याएको बताए।

 'स्वच्छ खानुस्, स्वस्थ रहनुस्' भन्ने मान्यता बोकेको चुलोचौकोले स्वदेशीदेखि विदेशी स्तरका पेयपदार्थसमेत पस्कने गरेको छ। 

चुलोचौकोले परम्परागत नेपाली खानामात्र होइन नजिकको खान्की संस्कृतिसमेत जोडिएको भारतीय र चाइनिज खानालाई समेत त्यहीँको मौलिकता नमर्ने गरी पस्कने गरेको छ। पिजा र पास्ता यहाँको विशेष परिकार हो। जहाँ पाहुनाहरू जिब्रो फड्कारेर स्वाद लिइरहेको दृश्य देखिन्छ।


खसीको हड्डी करी चुलोचौकोको आफ्नो मौलिक परिकार भएको गुरुङले बताए। स्वच्छ, सफा, आकर्षक र कुनै तारेहोटेलभन्दा कम नलाग्ने सजावटमा बसेर खानाको स्वाद लिनुको मज्जा बेग्लै छ।

आफूहरूले समर स्पेसलका रूपमा वाइनको स्वादमा क्र्यानेस (विशेष कफी) पस्कने गरेको अर्का सञ्चालक मल्लले बताए। यहाँको फ्रयापी, कोल्ड कफी, उत्तिकै चलेका परिकार हुन्। विन्टर स्पेसलमा चुलोचौकोले क्यापेचिनो, अमेरिकानो र चाइलादेलाई विशेष रूपमा पस्कने गरेको छ।

हाइजेनिक खानामात्रै होइन आरामदायी र रहरलाग्दो वातावरण चुलोचौकोको अर्को विशेषता हो। चाँडै नै चुलोचौकोले इटलीको प्रख्यान लाबाज पस्कने तयारी गरेको छ। जुन नेपालका कमै स्तरीय रेस्टुराँमा प्रचलनमा छ। 'स्वच्छ खानुस्, स्वस्थ रहनुस्' भन्ने मान्यता बोकेको चुलोचौकोले स्वदेशीदेखि विदेशी स्तरका येपदार्थसमेत पस्कने गरेको छ।

प्रस्तुति : शिवराज योगी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.