मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु श्रीमती घाइते

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु श्रीमती घाइते

दमौलीः तनहुँको जामुने १ बरचौरमा माइक्रो बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा चितवन कालिका नगरपालिका ६ का २६ वर्षका प्रकाश तामाङको मृत्यु भएको हो । मोटरसाइकल पछाडि बसेकी श्रीमती २१ वर्षीया अस्मिता अधिकारी गम्भीर घाइते छन्।

पोखराबाट दमौली आउँदै गरेको बा ३ ख ७९५६ नम्बरको माइक्रोबस र दमौलीबाट पोखरा जाँदै गरको ना २० प ४३५१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक तामाङको मृत्यु भएको हो ।

तामाङको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।  घटनामा घाइते अस्मिताको सोही अस्पतालमा उपचार भइराखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.