गाईको हत्याका अभियुक्त पक्राउ

गाईको हत्याका अभियुक्त पक्राउ

राजविराजः गौहत्या गरेर फरार भनिएका कासिम मन्सुरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी, बैरवा गाविस–५ का ५५ वर्षीय मन्सुरीलाई उनको घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।

मन्सुरीलाई २०७२ साल साउनमा गौहत्या गरेको आरोप लगाइएको छ । अन्य फरार अभियुक्तको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुई वर्षदेखि वन मुद्दामा फरार कञ्चनरुप नगरपालिका–९ की ३५ वर्षीया लक्ष्मी चौधरीलाई समेत प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

चौधरीलाई २०७१ सालमा जिल्ला अदालत राजविराजले वन मुद्दाको आरोपमा १० हजार ४२० जरिवाना गरेको थियो ।

बालक मृत
बिहीबार साँझदेखि बेपत्ता एक बालक मृत फेला परेका छन् । सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका–१ स्थित पश्चिमी नहरमा डुबेर बेपत्ता राजकुमार मण्डलका चार वर्षीय छोरा ऋषिकुमार मृत फेला परेको  प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.