सलमानले आफ्नै रेकर्ड तोड्न सकेनन्
एजेन्सी: बलिउड चलचित्र 'सुल्तान'ले पहिलो दिनमै बक्स अफिसमा ३६ करोड ५ लाख भारु कमाएको छ।
यो कमाइसँगै 'सुल्तान' आफू अभिनित चलचित्र 'प्रेम रतन धन पायो'लाई भने उछिन्न सकेनन्। 'प्रेम रतन धन पायो' ले बक्स अफिसमा एकै दिनमा ४० करोड कमाएको थियो।
यस्तै शाहरुख खान अभिनित चलचित्र 'फ्यान'ले १९ करोड कमाएर पहिलो स्थानमा रहेको थियो।यसैगरी बक्स अफिसमा ह्यापी न्यू इयरले ४४ करोड, धुमले ३६ करोड, चेन्नाइ एक्सप्रेसले ३३ करोड, एक था टाइगरले ३२ करोड, सिंघम रिटर्नसले ३२ करोड, ब्याङ ब्याङले २७ करोड, बज्रंगी भाइजानले २७ करोड र पीकेले २६ करोड कमाएको थियो।
अली अब्बास जफरको निर्देशनमा बनाइएको 'सुल्तान'मा सलमान खानसँगै अनुष्का शर्माले महत्वपूर्ण भूमिका खेलेकी छन्। उनी सुल्तानको पत्नीको भूमिकामा देखिएकी छन्।